पोखरा १९ मा एमालेको चुनावी सभा, गठबन्धन भएपनि जित सुनिश्चितः नेता सुनार • Nepal's Trusted Digital Newspaperपोखरा १९ मा एमालेको चुनावी सभा, गठबन्धन भएपनि जित सुनिश्चितः नेता सुनार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १९ मा एमालेको चुनावी सभा, गठबन्धन भएपनि जित सुनिश्चितः नेता सुनार

पोखरा १९ मा एमालेको चुनावी सभा, गठबन्धन भएपनि जित सुनिश्चितः नेता सुनार

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
पोखरा १९ मा एमालेको चुनावी सभा, गठबन्धन भएपनि जित सुनिश्चितः नेता सुनार

पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्माले देशव्यापी रुपमा देखिएको जनलहरले एमालेको जित सुनिश्चित भइसकेको बताउनुभएकाे छ । आज पार्टीको निर्वाचन परिचालन कमिटी पोखरा १९ ले पोखराको लामाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशव्यापी एमालेको जित सुनिश्चित भइसकेको र एमालेविरुद्ध बनेको गठबन्धन दिनप्रतिदिन कमजोर बन्दै गइरहेको बताउनुभएकाे हाे । आम मतदाताले आफ्नो विवेक प्रयोग गर्ने र गठबन्धनलाई यसपटक धुलो चटाइदिने दावी उहाँले गर्नुभयाे ।

‘कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउन लागि परेकाको दिनगन्ती सुरू भएको छ ।’ नेता सुनारले भन्नुभयाे, ‘जनता गठबन्धन होइन, समृद्धि चाहन्छन् ।’मेयरका प्रत्यासी कृष्णबहादुर थापाले समृद्ध पोखरा निर्माणका लागि आफूले थुप्रै योजना सार्वजनिक गरेको बताउँदै, त्यसको कार्यान्वयनका लागि एमालेको जित आवश्यक रहेको बताउनुभएकाे छ । थापाले पोखरा १९ का अधिकांस ग्रामीण क्षेत्रमा सुरुआत भएका विकासका पूर्वाधारलाई निर्माण सम्पन्न गर्न वडासँग समन्वय गरिने बताउनुभएकाे छ ।

उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरूङले आफूले ५ वर्षको कार्यकालमा थुप्रै काम गरेकोे बताउँदै थप समृद्ध पोखरा निर्माणका लागि सूर्यमा मतदान गर्न आग्रह गर्नुभयाे । एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङले पोखराको व्यवस्थित विकासको योजना एमाले सँगमात्र भएको दावी गर्नुभयाे ।

वडाध्यक्षका एमाले उमेद्वार इमानराज पौडेलले जनताको शीरलाई उँचो राख्ने गरि जनजीविका योजनालाई प्रथामिकताका साथ अगाडि बढाउने बताउनुभयाे । उहाँले लामाचौरको भलबाढी नियन्त्रण, सिचाईंका लागि नहर निर्माण, वडाभित्रका सबै क्षेत्रमा व्यवस्थित सडक, भुनपरेको पहिरो नियन्त्रण, कृषि उत्पादनमूलक कार्यलाई प्राथमिकता दिने लगायतका पूर्वाधार कार्यलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयाे । उहाँले कर्मचारीका कारण कुनै पनि सेवाग्राहीको काम समयमै नहुने समस्यालाई अन्त्य गरि तत्काल सेवा दिने बताउनुभयाे ।

एमाले वडा कमिटीका अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य शोभामोहन पौडेल, जिल्ला सदस्य एवं वडा इन्चार्ज सुरेन्द्रमानसिह भण्डारी, उपाध्यक्ष धर्ममानसिह भण्डारी, सचिव विकास गौतम लगायतले सुखी र समृद्ध पोखरा निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयाे । कार्यक्रममा जनसाँस्कृतिक मञ्चका जीवन दाहाल सहितका कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नुभएकाे थियाे ।

received 710389193714661 1

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका