पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका प्रत्यासी सूर्यनाथ भण्डारीले एमालेलाई हराउने ल्याकत अन्य दलसंग नभएको बताउनुभएकाे छ । पार्टीले आज आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाँले विकास तथा समृद्धिको मार्ग एमालेले मात्रै तय गर्न सक्ने र आफूले चुनाव जितेको भोलिपल्टबाट नै आम नागरिकको कामका लागि खटिने समेत प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
जनताको भावना अनुसार काम गर्ने क्षमता एमालेमा मात्रै रहेको उहाँको दावी थियो । उहाँले कार्यक्रममा विकास तथा समृद्धिको लहर ल्याउन एमालेले भोट गर्न समेत मतदातासंग आग्रह गर्नुभएकाे छ । निर्वाचनको मिति नजिकिदै जाँदा घरदैलो कार्यक्रमलाई जोडतोडका साथ निरन्तरता दिइएको प्रचारप्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले जानकारी दिनुभएकाे छ । घरदैलोका क्रममा आम मतदाताले नेकपा एमालेलाई सकारात्मक प्रतिक्रिया दिइरहेको समेत उहाँको भनाई छ ।
स्थानीय तहको निर्वाचनका क्रममा सात सूर्यमा सात छाप लगाई एमालेका उमेद्वारलाई विजयी गराउने समेत उहाँले आग्रह गर्नुभएकाे छ । एमालेका तर्फबाट पोखरा २६ मा वडाध्यक्षका प्रत्यासी भण्डारीसहित सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराललाई जिताउन अनुरोध गर्नुभयाे ।
गण्डकी प्रदेश सदस्य पुष्पज्योती ढुंगानाले एमालेले जितेमात्रै विकास हुने र त्यसको लागि एमालेको जित सुनिश्चित रहेको र गठबन्धन कागजको मात्रै गठबन्धन रहेको बताउनुभएकाे छ । घरदैलो कार्यक्रममा जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष रमेश जिसी तथा वडा अध्यक्ष नारायणप्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रामकृष्ण जि.सी, सूर्यप्रकाश ढुंगाना लगायत पदाधिकारीको सहभागिता थियो । वडामा शनिबार अर्घौंचोकदेखि विजयपुरसम्म घरदैलो गरिएको छ ।
जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष रमेश जिसी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकोटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रामकृष्ण जि.सी. ,सूर्य प्रकास ढुंगाना लगायत पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो ।
शनिबार अघौचोक देखि बिजयपुल सम्म पदाधिकारीहरुकाे घर दैलो गरेका छन। घरदैलो कार्यक्रममा ४ सय जना भन्दा बढि उपस्थिति रहेको प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताउनुभयाे ।