'ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौं' :- गठबन्धन • Nepal's Trusted Digital Newspaper'ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौं' :- गठबन्धन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौं’ :- गठबन्धन

‘ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौं’ :- गठबन्धन

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
‘ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौं’ :- गठबन्धन

पोखरा । नेपालमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) सुरुआत हुँदा अहिलेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्याे । त्यही लोकप्रिय कार्यक्रमका सुरुआतकर्ता नेपालको पार्टी एकीकृत समाजवादीले पोखरा महानगरमा अहिले ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाइदिने वाचा गरिरहेको छ ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार हुनुहुन्छ । आचार्य भन्नुहुन्छ, ‘ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपका खानी हुन् । उहाँहरुको अनुभव, ज्ञान हस्तान्तरण नगरी सम्भताअघि बढ्न सक्दैन । हामी निर्वाचित भएको १ वर्षभित्रै ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने छौं ।’

युवाहरु विदेश र रोजगारीका लागि घरबाहिर रहँदा वृद्धवृद्धाको स्याहारमा अहिले समस्या देखिएको छ । यो समस्यालाई समाधान गर्न गठबन्धनले स्याहार केन्द्र बनाउने अवधारणा ल्याएको हो । परिवार, समाज र देशका लागि योगदान गर्ने नागरिकलाई वृद्धावस्थामा वृद्धाश्रम पठाउने प्रवृत्ति रोक्न स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याउने उहाँले सुनाउनुभयाे । गठबन्धनमा नेपाली कांग्रेसबाट उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले वृद्धहरुको उचित स्याहार, उपचारको व्यवस्था गर्दै उनीहरुलाई सरकारको आभास दिइने प्रतिवद्धता गर्नुभयाे ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारहरु मतदातामाझ घरदैलोमा छन् । सत्ता गठबन्धनले आइतबार पोखरामा बृहत आमसभा आयोजना गरेको छ । सभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय छ ।

279303410 571708340807085 1114325923578280477 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका