श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा आधारित रहेकाे सबिता कार्कीको ''बाँसको घारीमा'' सार्बजनिक • Nepal's Trusted Digital Newspaperश्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा आधारित रहेकाे सबिता कार्कीको ''बाँसको घारीमा'' सार्बजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा आधारित रहेकाे सबिता कार्कीको ”बाँसको घारीमा” सार्बजनिक

श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा आधारित रहेकाे सबिता कार्कीको ”बाँसको घारीमा” सार्बजनिक

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा आधारित रहेकाे सबिता कार्कीको ”बाँसको घारीमा” सार्बजनिक

काठमान्डाैँ ।  नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “बाँसको घारीमा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । निकै रोमान्चक सैलिमा तयार भएको गीतले जो कोहीलाई पनि आफ्नोपनको महसुस गराउने छ । प्रस्तुत गीतमा बाध्यता र विवसताको कारण परदेशिएका एक व्यक्तिको अर्धांगिनी संग अर्को एक युवकले नजर गाडेको कथालाई समाबेस गरिएको छ । गीतको पुरै अंश सुन्दा र हेर्दा परदेशिएका एक श्रीमानको श्रीमती प्रति समाजले हेर्ने कुदृष्टिलाई सकारात्मक संदेशको रुपमा प्रबाह गर्न खोजिएको छ । गीतमा कमल सुशान्रत के.सी लक्ष्मी खड्का र सबिता कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा दिनेश थापा, सबिता कार्की, आशिर प्रताप जङ्ग, अस्बिन के.सी प्रतिक्षा क्षेत्री र राम लोहनीको मुख्य अभियनय देख्न सकिन्छ । गीतमा शब्द प्रतिभा शर्मा चपाईको संगीत रहेको छ भने लय कमल सुशान्त के.सी को रहेको छ । कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले रुचाउन थालिसकेका छन् ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसक्नुभएकाे छ । सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “बाँसको घारीमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गर्नुभएकाे छ । शुसिल डाँगी द्वारा छायांकन भएको यस गीतको भिडियोलाई सम्पादन भने दिपक बिष्टको गर्नुभएकाे छ । गीतलाई सबिता कार्की सामरी नामको युट्युब च्यानाल मार्फत सार्बजनिक गरिएको छ ।

 

vlcsnap 2022 05 07 12h34m05s743 vlcsnap 2022 05 07 12h34m36s855 vlcsnap 2022 05 07 12h34m59s669 vlcsnap 2022 05 07 12h35m24s175

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका