पोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ :- धनराज आचार्य • Nepal's Trusted Digital Newspaperपोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ :- धनराज आचार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ :- धनराज आचार्य

पोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ :- धनराज आचार्य

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
पोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ :- धनराज आचार्य

पोखरा । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको विकासका लागि थिङ्क ट्याङ्क निर्माण गरि नीति तथा योजनाहरु तय गर्ने बताउनुभएकाे छ । पोखराका उद्योगी व्यवसायीहरुसंगको छलफलका क्रममा उहाँले विज्ञहरुको टिम बनाएर योजना तथा विकासका न्युनतम मापदण्डहरु तय गर्ने बताउनुभएकाे हाे । गलत निर्णयले पछुताउनु भन्दा निर्णय गर्नु अगावै प्रर्याप्त छलफल गर्नु उत्तम हुन्छ भन्ने कुरा प्रति आफु सचेत रहेको आचार्यले बताउनुभएकाे छ ।

महानगरको नेतृत्वमा रहँदा पाँच वर्षका हरेक सेकेन्डहरुलाई रिजल्टमा परिणत गर्न आफुले एक्सन ओरिन्टेड भएर काम गर्ने बाचा पनि गर्नुभएकाे छ । विकासका लागि पोखराको सामाजिक संरचना र सुचकको गहिरो अध्ययन गरेको उल्लेख गर्दै उहाँले घोषणापत्र केवल घोषणाका लागि मात्र नभई परिणाममुखी कामका लागि एक बलियो आधारका रुपमा तय गरेको बताउनुभएकाे छ ।

पोखरालाई बनाउने उपयुक्त प्लान र पोलिसी आफुसंग भएको बताउनुभएकाे उहाँले अव पोखरा विगार्ने छुट कसैलाई नभएको जिकिर गर्नुभयाे । पोखरेलीहरुको जीवनस्तर माथी नउठेसम्म र गरिखाने वातावरण नबने सम्म अर्थतन्त्रमा सुधार नआउने उमेदवार आचार्यले बताउनुभएकाे थियाे ।

महानगरमा ६ सय किमी भन्दा बढि धुलेबाटो भएको, बिचैमा विद्यालय छोड्ने विद्यार्थीहरुको संख्या उच्च रहेको, शुद्ध पिउने पानीको उपभोग तथा उपलब्धताबाट ठुलो जनसंख्या बञ्चित रहेको, बिजुली बत्तिको प्रर्याप्तता नपुगेको, इन्टरनेटको पहुँच नपुगेको, ठुलो जनसंख्या घरवाहलमा बसेको, लगानीको सुरक्षा नभएको र विकासका दीर्घकालिन योजनाहरु नबनेको लगायत तमाम समस्याहरु पोखराले भोगिरहेको आचार्यले उल्लेख गर्नुभएकाे छ ।

तथ्याङ्कगत रुपमा समस्याका चाङहरु पस्किनुभएका उहाँले यि सवै समस्याको समाधानका लागि एक सवल, सक्षम र कुशल नेतृत्व महानगरमा आवश्यक रहेको पोखरेली उद्योगी व्यवसायीहरुलाई स्मरण गराउनुभएकाे थियाे । पोखराको औद्योगिक विकासका लागि उपर्युक्त नीतिको आवश्कता औल्याएका उमेदवार आचार्यले आफु उद्योगी व्यवसायीहरुसंग हालेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता पनि जाहेर गर्नुभएकाे थियाे ।

पोखराको पर्यटनलाई अन्तराष्ट्रिय बजारसंग जोड्नका लागि व्यवसायी र स्थानिय सरकारसंगसंगै जान आवश्यक रहेको उहाँले बताउनुभयाे । गुणस्तरिय पर्यटनका लागि पर्यटनमैत्री पुर्वाधारहरु निर्माणमा उहाँले जोड दिनुभयाे । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आए मौजुदा पुर्वाधारले नपुग्ने भन्दै व्यवसायीहरुलाई भोलिको भविष्य हेरेर दीगो पुर्वाधार निर्माणका लागि सुझाव दिनुभएकाे थियाे ।

यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले देश विकासका लागि उद्योगी व्यवसायीहरुको निर्णायक भुमीका रहने बताउनुभयाे । निजि क्षेत्रसंग हातेमालो नगरेसम्म मुलुकको विकास सम्भव नहुने उल्लेख गर्दै उमेदवार रानाभाटले करको मारमा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभएकाे छ ।

पोखराका उद्योगी व्यवसायीहरुले उमेदवारहरुसंग आफ्ना व्यवसायीक समस्याहरु समाधानका सम्बन्धमा स्थानिय सरकारको प्रमुख उपप्रमुख बन्दै गर्दा के कस्ता योजनाहरु अगाडी सारिएका छन् भन्ने विषयमा गहिरो चासो राख्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका