डिप्लोमा ईन्जिनियर्स कास्कीको ११ औं जिल्ला अधिवेशन सम्पन्न • Nepal's Trusted Digital Newspaperडिप्लोमा ईन्जिनियर्स कास्कीको ११ औं जिल्ला अधिवेशन सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डिप्लोमा ईन्जिनियर्स कास्कीको ११ औं जिल्ला अधिवेशन सम्पन्न

डिप्लोमा ईन्जिनियर्स कास्कीको ११ औं जिल्ला अधिवेशन सम्पन्न

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
डिप्लोमा ईन्जिनियर्स कास्कीको ११ औं जिल्ला अधिवेशन सम्पन्न

पोखरा । ”सस्तो, सुलभ, बैज्ञानिक प्रविधिको विकास गरौं” , भन्ने नारा सहित डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

पोखरा सभागृह चोकस्थित मिड टाउनको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कामेश्वर प्रसाद सिंहले डिप्लोमा ईन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिनुभएकाे छ ।

अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सहकार्य भएको र यो सहकार्य नेपालका डिप्लोमा ईन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी भएको अध्यक्ष सिंहले बताउनुभएकाे थियाे ।

कृष्णप्रसाद जमरकट्टेलको अध्यक्षता सम्पन्न जिल्ला अधिबेसनले डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल डिन कास्कीको जिल्ला कार्य समितिको अध्यक्षमा अनिल प्रसाद आचार्य, उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा संकल्प ढुंगाना, सह -सचिवमा कृतिक जगन्नाथ लामिछाने, कोषाध्यक्षमा प्रकाश बिसुराल र सदस्यहरुमा बिनोद केसी, सरोज पौडेल र सुमन अधिकारी सर्वसहमतिबाट चयन गरेकाे छ । कार्यक्रमका अतिथि डीनका केन्द्रिय सदस्य दर्पण पोख्रेलले सर्वसहमत चयन भएका नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका