मादी । गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताउनुभएकाे छ । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले कृषकलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाउने बताउनुभएकाे हाे ।
‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिने, हामीले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भन्नुभएकाे छ । चुनाव जितेपछि कृषि, पर्यटन र उद्यमशिलतालाई मादी निर्माणको आधार बनाउने उहाँले सुनाउनुभयाे । कृषि, पर्यटन र उद्यमशिलतालाई जोड दिँदै कृषकलाई साँच्चिकै नजिकको सिंहदरबारको अनूभुति गराउने उहाँले बताउनुभयाे ।
मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लाल बहादुर गुरुङलले विकास विरोधी, कानुन, संविधान नमान्नेलाई वैशाख ३० गते नांगेझार पार्ने बताउनुभएकाे छ । अधिनायकवादी शैली र भ्रष्ट मानसिकता लाई बैशाख ३० गते मादीबासीले सधैका लागि पन्छाउने उहाँले बताउनुभयाे ।
मादी ८ मा घर दैलो एबम कोण सभामा कार्यक्रम अध्यक्षता नेपाली कांग्रेस मादी ८ का सभापति राजेन्द्र अधिकारीले गर्नुभएकाे थियाे । कोण सभामा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य सोमती गुरुङ, वडाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीवंग गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सचिब सरोज केसी, मादी सभापति याम बहादुर गुरुङ, किरण सापकोटा, बेल बहादुर बिक, चेत बहादुर गुरुङ, ओम प्रकाश गुरुङ, आश तामाङ लगायतले बोल्नुभएकाे थियाे । सोही कार्यक्रममा एमालेका साधारण सदस्य बोधबहादुर तामाङले एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्नुभएकाे छ । उहाँलाई गाउँपालिका प्रमुख पदका उम्मेद्वार देवीजंग गुरुङले पार्टी प्रवेश गराउनुभएकाे थियाे ।