आफूले चुनाव जिते कुनै पनि सेवा सुबिधा नलिने फलेवास सातका वडा अध्यक्ष उम्मेदवारको घोषणा • Nepal's Trusted Digital Newspaperआफूले चुनाव जिते कुनै पनि सेवा सुबिधा नलिने फलेवास सातका वडा अध्यक्ष उम्मेदवारको घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आफूले चुनाव जिते कुनै पनि सेवा सुबिधा नलिने फलेवास सातका वडा अध्यक्ष उम्मेदवारको घोषणा

आफूले चुनाव जिते कुनै पनि सेवा सुबिधा नलिने फलेवास सातका वडा अध्यक्ष उम्मेदवारको घोषणा

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
आफूले चुनाव जिते कुनै पनि सेवा सुबिधा नलिने फलेवास सातका वडा अध्यक्ष उम्मेदवारको घोषणा

पर्वतको फलेवास नगरपालिका सात को वडा अध्यक्ष को लागि गठबन्धनका साझा उम्मेदवार रहनुभएकाे अशोक सुनारले वडा अध्यक्ष मा आफू निर्वाचित भएमा राज्यको सुबिधा नलिने घोषणा गर्नुभएकाे छ।

‘राज्यले दिएको तलब, भत्ता वा कुनै प्रकारको रकम मेरा लागि आवश्यक छैन्। मैले जितको अवस्थामा जे जति सुबिधा मैले पाउने हो त्यो रकमलाई वडा को विशेष कोषमा राखेर समस्यामा परेका, गरिब, दलित, विपन्न, अपाङ्गता भएका लगायतको लागि खर्च गर्ने छु,’ उहाँले भन्नुभयाे, ‘जनताको सेवाका लागि जनप्रतिनिधि भएर आउने हो, राज्यको सुबिधा  मेरा लागि आवश्यक नभएका कारण त्यो सुबिधा जनताका लागि नै खर्च गर्छु। किनकी जनताले दिएको मतले नै म बिजयी बन्ने हो।’

आफ्नो वडा मा पूर्वाधार विकास, कृषि उद्यम, बेरोजगार समूहलाई सीप तथा प्रशिक्षण, शिक्षा, स्वास्थ्य, खेल लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले आफूले त्यसैमा ध्यान दिने उमेदवार अशोक सुनार ले बताउनुभएकाे छ।

अघिल्लो ५ बर्ष का लागी निर्वाचित भएका वडा अध्यक्ष ले वडा मा एउटा सिन्को पनि नभाचेको तलब भत्ता पचाउनी खेल मात्र गरेको, वडा मा नाताबाद र पार्टीबाद लाई प्रोत्साहन गरेको आरोप लगाउनुभयाे । उल्टै गाउँले लाई दुःख दिएको अब यदी जनता ले बिकास र निकाश नै चाहेको भय आफु लाई भोट हाल्न अनुरोध गर्नुभएकाे छ।

यस पटक गठबन्धनमा रहेका दलहरुका साथै आम नागरिकले पनि आफ्नो नेतृत्वमा फलेवास सात को विकास भएको देख्न चाहेका कारण आफू चुनावी मैदानमा होमिएको उहाँको भनाई छ। यस पटक भने आफू नै बिजयी बन्ने दाबी गर्नुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका