पदबहालीकै दिनबाट घोषणापत्र कार्यान्वयन थाल्छौंः गठबन्धन • Nepal's Trusted Digital Newspaperपदबहालीकै दिनबाट घोषणापत्र कार्यान्वयन थाल्छौंः गठबन्धन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पदबहालीकै दिनबाट घोषणापत्र कार्यान्वयन थाल्छौंः गठबन्धन

पदबहालीकै दिनबाट घोषणापत्र कार्यान्वयन थाल्छौंः गठबन्धन

  • समाचारपाटी
  • शनिबार, बैशाख २४, २०७९
पदबहालीकै दिनबाट घोषणापत्र कार्यान्वयन थाल्छौंः गठबन्धन

पोखरा । जेठको पहिलो साता देशभरका स्थानीय तहले नयाँ नेतृत्व पाउँदै छन् । गाउँ गाउँका सिंहदरबार चुन्न ३० वैशाखमा एकै पटक चुनाव हुँदै छ । यो चुनावमा देशकै ठूलो महनगर पोखराको नेतृत्वका लागि पाँच दलीय गठबन्धनले साझा उम्मेदवारअघि सारेको छ ।

पोखराको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य र कांग्रेस नेतृ कोपिला आचार्य मैदानमा हुनुहुन्छ । अघिल्लो चुनावमा अहिलेको मेयर मानबहादुर जिसीलाई जिताउने टिममै हुनुहुन्थ्याे धनराज । अहिले पूर्व सहकर्मी कृष्ण थापासँग उहाँको मुख्य प्रतिश्पर्धा हुँदै छ ।

अघिल्लो चुनावमा एमाले नेतृत्वले अघि सारेको घोषणापत्र मुस्किलले १० प्रतिशत कार्यान्वयन भएको सरोकारवाला बताउँछन् । त्यही घोषणापत्र बनाउने टिममा अहिले सत्ता गठबन्धनका मेयरका उम्मेदवार धनराज पनि हुनुहुन्थ्याे । आचार्य भन्नुहुन्छ, ‘एमाले नेतृत्वले घोषणापत्र कार्यान्वयन गरेको भए, एमाले छाडेर नयाँ पार्टी बनाउनुपर्ने थिएन ।’

पोखरा महनगरमा साझा घोषणपत्र जारी गरी सत्ता गठबन्धन चुनावी प्रचारमा छ । गठबन्धनले समुन्नत पोखराको खाका प्रस्तुत गरी जनतालाई भोट मागिरहेको छ । मेयर उम्मेदवार आचार्य भन्नुहुन्छ, ‘हामी गफ गर्दैनौं, घोषणापत्र कार्यान्वयको यात्रा पदबहाली गरेकै दिनबाट सुरु हुन्छ । यसको हामी अक्षरंशः कार्यान्वयन गर्छौं ।’

गठबन्धनले घोषणापत्रका योजना कार्यान्वयन हुने समय नै तोकेर मत मागिरहेको छ । आचार्य भन्नुहुनछ, ‘हामीलाई समृद्धि को सपना देखाउँदै झुक्काईयो, पाँच वर्ष खेर गए । जनताको अपेक्षा हो सुशासन तर गाऊँमा सुशासन पसेन ।’ अहिलेको पोखराको नेतृत्वले बिजुलीका तार व्यवस्थीत गर्ने, प्रमुख चोकहरुमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सार्वजनिक शौचालय बनाउने बसपार्क बनाउने, पार्किङको व्यवस्था गर्ने, फोहोर र ढलको व्यवस्था गर्ने, पर्यटन पूर्वाधारमा कार्य गर्ने, भष्ट्राचार नियन्त्रण गर्ने जस्ता योजनालाई सार्थक बनाउन सकेन । उपमेयर उम्मेदवार रानाभाट भन्नुहुन्छ, ‘दुई तिहाइको एमालेको नेतृत्वले पोखरालाई सम्झनलायक केही दिएन । बेथिति, भ्रष्टाचार, ढिलासुस्ती, अस्तव्यस्तामात्रै दियो ।’

पोखरा महानगरको विकास र समृद्धिका लागि एमालेको नेतृत्व असफल सिद्ध भएकाले जनताले विकल्प खोज्ने गठबन्धनको दाबी छ । गठबन्धनले पोखराको विकासका लागि ७ प्रस्थान विन्दु तय गरेको छ ।

नेपालकै ठूलो महानगरपालिका, गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरालाई आधुनिक, सुविधासम्पन्न र अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्ने खाका आफूहरुसँग भएको आचार्य दाबी गर्नुहुनछ । उहाँ भन्नुहुन्छ, ‘प्रकृतिको वरदान पोखरालाई विकास गर्न कठिन छैन, इच्छाशक्ति भए ५ वर्षमा कायाकल्प गर्न सकिन्छ । हामीसँग यसको योजना छ, कार्यान्वयन गर्ने इच्छाशक्ति पनि छ । अब जनताले मतबाट अनुमोदन गर्न बाँकी छ ।’

महानगर प्रवेश गर्ने बित्तिकै देखिने अव्यवस्थित बस्ती, लथालिंङ बसपार्क, खानेपानी समस्या, पार्किङको समस्या, ग्रामीण वडामा विकासका पूर्वाधारकै कमी जस्ता चुनौती सामना नगरी पोखरा वास्तविक महानगर नबन्ने मेयर उम्मेदवार आचार्य बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भूगोल र जनसंख्या हेरेर, ग्रामीण भूभाग थपेर महानगर घोषणा त गरियो, महानगरका लागि चाहिने संरचना र सुविधा पुगेनन् ।’

सत्ता गठबन्धनमा कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी रानाभाट पोखरामा अन्तर्राष्ट्रिय स्तरको महानगरका लागि आवश्यक संरचना र सुविधाका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता गरिन् । उहाँले भन्नुभयाे, ‘पोखराको समुन्नति नै हाम्रो सपना हो, यस पटक मत दिनुस्, हामी पोखरेलीलाई निराश पार्ने छैनौं ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका