पोखरा–१९ की एमाले समर्थक बृद्धाले भन्नुभयाे :- यसपटक मत फेर्छु • Nepal's Trusted Digital Newspaperपोखरा–१९ की एमाले समर्थक बृद्धाले भन्नुभयाे :- यसपटक मत फेर्छु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा–१९ की एमाले समर्थक बृद्धाले भन्नुभयाे :- यसपटक मत फेर्छु

पोखरा–१९ की एमाले समर्थक बृद्धाले भन्नुभयाे :- यसपटक मत फेर्छु

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
पोखरा–१९ की एमाले समर्थक बृद्धाले भन्नुभयाे :- यसपटक मत फेर्छु

पोखरा । नेकपा एमालेकी समर्थक एक बृद्धाले यसपटक मत फेर्ने बताउनुभएकाे छ । पोखरा–१९ मा घरदैलो गर्न पुगेका गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यलाई टीका लगाईदिदै पोखरा–१९ की ७० वर्षिया बृद्धा शुभद्रा गौतमले आफू एमाले समर्थक भएपनि यसपटक मत फेर्ने बताउनुभएकाे हाे । हुन त मैले अहिलेसम्म एमालेलाई भोट हाल्दै आएकी थिएँ, उहाँले भन्नुभयाे,‘तर एमालेलाई जतिपटक जिताएपनि काम गर्न सकेन । यसपटक म मत फेर्छु र धनराजलाई भोट हाल्छु ।’ यसअघिकाले नगरेकाले एमालेप्रति वितृष्णा जागेको भन्दै उहाँले धनराजबाट भने आशा लागेको बताउनुभएकाे छ । उहाँले थप्नुभयाे, ‘धनराजबाट धेरै नै आशा गरेकाे छु । बरु भोट हाल्न पो मेसो पाउँदिन कि ? छोरा, नातीले बुझाउलान् नि !’

मेयरका उम्मेदवार धनराज आचार्य, उपमेयरकी उम्मेदवार कोपिला रानाभाटसहित पोखरा–१९ का गठबन्धनका उम्मेदवारहरुले आज संयुक्त घरदैलो गरिरहनुभएकाे छ । झरीको वास्ता नगरी स्थानियपनि उत्साहित हुँदै घरदैलोमा सरिक भएका छन् ।

पोखरा–१९ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका पुष्पेन्द्र पाण्डे, दुई खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सविन जिसी र कांग्रेसका दीपक बास्तोला, महिला सदस्यमा कांग्रेसकी देवुकुमारी भट्टराई आचार्य र दलित महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी बिजुला परियार उम्मेदवार हुनुहुन्छ ।

received 550099069964584 received 3209208529405770

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका