'कसैलाई राजनितिक आस्थाकै कारण विभेद गर्दैनौ':-उम्मेदवार राम मोहन आचार्य • Nepal's Trusted Digital Newspaper'कसैलाई राजनितिक आस्थाकै कारण विभेद गर्दैनौ':-उम्मेदवार राम मोहन आचार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘कसैलाई राजनितिक आस्थाकै कारण विभेद गर्दैनौ’:-उम्मेदवार राम मोहन आचार्य

‘कसैलाई राजनितिक आस्थाकै कारण विभेद गर्दैनौ’:-उम्मेदवार राम मोहन आचार्य

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
‘कसैलाई राजनितिक आस्थाकै कारण विभेद गर्दैनौ’:-उम्मेदवार राम मोहन आचार्य

 पोखरा । नेपाली काँग्रेस पोखरा ७ को घरदैलो कार्यक्रम तिव्र रुपले अगाडि वढेको छ । विहिबार सम्ममा मासबार , नुवारथोक , शान्तिनगर चोक , घारीपाटन क्षेत्रका विभिन्न टोलमा आफ्नो घरदैलो कार्यक्रम सकेको छ । शुक्रबार रत्नचोक , ढाडँ , राष्ट्र बैंक चोक परिसरमा घरदैलो गर्ने नेपाली काँग्रेस पोखरा ७ का सभापति एवम् निर्वाचन परिचालन कमिटिका संयोजक नविन राज बरालले जानकारी दिनुभयाे ।

विगतमा टोल विकास संस्था समन्वय समिति पोखरा ७ को संयोजक रहेर काम गर्नुभएका सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व राम मोहन आचार्यलाई नेपाली काँग्रेस पोखरा ७ ले वडा अध्यक्षको उम्मेदवार बनाएर राजनितिक रुपमा अगाडि वढाएपछि वडावासीहरु उत्साहित भएका छन् ।

घरदैलोका क्रममा पोखरा ७ का वडावासीहरुले आफुलाई थुप्रै गुनासो सुनाएको अध्यक्षका उम्मेदवार राम मोहन आचार्यले बताउनुभयाे । हामी हेरक टोल अनि जनजनका समस्या र गुनासा सुन्दै हिडेका छौं त्यसैले नै हाम्रो घरदैलो कार्यक्रम सुस्त गतिमा छ । हामी जितको नजिक छौं , विगतको स्थानिय सरकारले गरेको कमि कमजोरी दोहोरिन दिदैनौं । वडामा विभेद रहित दिगो विकास गर्न ,वडा कार्यलयमा सुशासन र पारर्दर्शीता कायम राख्न आफु प्रतिवद्ध रहेको आचार्यले बताउनुभयाे । विगतको सरकारले गरेको विभेदकारी व्यवाहारले वडावासीहरु उदास छन् । अहिले पोखरा ७ मा नेपाली काँग्रेसको जीत सुनिश्चित छ , हामी वडावासीको उदासीपनलाई हटाउन आतुर छौं , उहाँले बताउनुभयाे । हामी जनप्रतिनिधि भइसकेपछि कसैलाई राजनितिक आस्थाकै कारण विभेद गर्दैैंनौ, वहिष्करणमा पार्दैनाैँ ।

यसैविच घरदैलोकै क्रममा विधार्थीहरु नेपाली काँग्रेसमा आवद्ध हुन उत्साहित देखिएपछि नेपाल विधार्थी सघं पोखरा ७ गठन गरिएको छ । युद्ध बरालको संयोजकत्वमा हाललाई ५० सदसिय नेवि संघ पोखरा ७ इकाई गठन गरिएको छ । नेवि सघं पोखरा ७ मा आवद्ध भएका सम्पुर्णलाई नेपाली काँग्रेस पोखरा ७ का इकाइ सभापति नविन राज बरालले टिका र खादा लगाएर स्वागत गर्दै शुभकामना दिनुभयाे ।

pic 1 pic 2 2 pic 3 pic 4 pic 6 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका