लेकसाइडबाट एमालेको विजयी सुरुआत हुन्छः कृष्ण थापा • Nepal's Trusted Digital Newspaperलेकसाइडबाट एमालेको विजयी सुरुआत हुन्छः कृष्ण थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लेकसाइडबाट एमालेको विजयी सुरुआत हुन्छः कृष्ण थापा

लेकसाइडबाट एमालेको विजयी सुरुआत हुन्छः कृष्ण थापा

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
लेकसाइडबाट एमालेको विजयी सुरुआत हुन्छः कृष्ण थापा

पोखरा । नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मयर पदमा उम्मेदवारी दिनुभएका कृष्ण थापाले एमालेले यसपटक पर्यटकीय क्षेत्र लेकसाइडबाट जितको सुरुआत गर्ने बताउनुभएकाे छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले बिहीबार आयोजना गरेको नेकपा एमाले, पर्यटन तथा उद्योगी व्यवसायीको भेलामा बोल्दै थापाले वडा नम्बर ६ मा एमालेले अध्यक्ष सहित सबै पदमा जित हाँसिल गर्ने दावी गर्नुभयाे । पर्यटकीय दृष्टीकोणले नेपालकै महत्वपूर्ण गन्तव्य लेकसाइडमा विकासको ठोस योजना एमालेले ल्याउन सक्ने भन्दै उहाँले एमालेका उमेदवारलाई मतदान गर्न मतदातामा आग्रह गर्नुभएकाे छ ।

भेलामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य राजिव पहारीले यसपटक वडा ६ मा अघिल्लो पटक गुमेको अध्यक्ष पद फिर्ता आउने दावी गर्नुभयाे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार विष्णुबहादुर भट्टराईले आफू विजयी भएमा कोरोनाबाट थलिएको पर्यटन उद्योगलाई पुनः जीवन प्रदान गर्ने, पर्यटन व्यवसायीका घरभाडा, बैंक व्याज लगायतका समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभए काे छ ।

नेकपा एमाले वडा ६ का अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पर्यटन व्यवसायी हरि शर्माले स्वागत तथा सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे । त्यसअघि वडाध्यक्ष भट्टराई सहित सदस्य पदका उमेद्वार खुल्ला वडा सदस्य दीपेन्द्र पहारी, वासुदेब बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र राममाया विश्वकर्मा सहितको टोलीलाई पुन समाज बैदामले स्वागत एवं शुभ–कामना कार्यक्रम गरेको थियो ।

कार्यक्रममा बोल्दै भट्टराईले लेकसाइडका भित्री क्षेत्रमा जनप्रतिनिधिको ध्यान पुग्न नसकेको औल्याए । ‘भित्री बाटो जीर्ण बनेका छन्, सडक बत्तीको समस्या छ, तर आफ्नों टिम आएपछि ती समस्या समाधान गर्न तपाईसंग सहकार्य गर्नेछौं ।’ उहाँले भन्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका