पोखरा २५ मसिनाबगरका स्थानीयले राखे एमाले उमेदवार समक्ष समस्या • Nepal's Trusted Digital Newspaperपोखरा २५ मसिनाबगरका स्थानीयले राखे एमाले उमेदवार समक्ष समस्या • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा २५ मसिनाबगरका स्थानीयले राखे एमाले उमेदवार समक्ष समस्या

पोखरा २५ मसिनाबगरका स्थानीयले राखे एमाले उमेदवार समक्ष समस्या

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
पोखरा २५ मसिनाबगरका स्थानीयले राखे एमाले उमेदवार समक्ष समस्या

पोखरा । पोखरा २५ मसिनाबगरका स्थानीयले भोट माग्न गएका एमाले उम्मेदवारलाई टोलका समस्या सुनाएका छन् । आसन्न स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमको घरदैलोमा हुनुहुन्छ, एमाले उमेदवार । यही मौका पारेर मसिनाबगरका स्थानीयले एमाले उमेदवार समक्ष टोलका समस्या राखेका हुन् ।

स्थानीय काले गुरुङले मसिनाबगरका समस्या सुनाउँदै भन्नुभयाे, ‘यहाँ सेती कटानको समस्या छ, विद्यालयमा शिक्षक दरबन्दी छैन, बाटो, खानेपानी लगायतको समस्या छ, समस्या समाधानको लागि पहल गर्नुपर्यो ।’ यस्तै सीमा गुरुङले युवामुखी कार्यक्रम ल्याउने माग गर्नुभयाे ।

स्थानीयका समस्या सुनिसकेपछि वडाध्यक्षका उम्मेदवार तिर्थबहादुर थापाले मसिनाबगरका समस्या घोषणापत्रमै समेटिएकाले समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभयाे । आफूले चुनावमा जिते पनि नजिते पनि सधैं वडाकै विकासका काममा खटिरहने अध्यक्ष थापाले बताउनुभयाे ।

वडा सदस्यका उम्मेदवार कृष्ण कुँवरले एमाले उमेदवारलाई सूर्य चिन्हमा मतदान गरेर वडाको विकास गर्न मौका दिन मतदातासमक्ष अनुरोध गर्नुभयाे ।

घरदैलो अन्तरगत पोखरा २५ लामाचौताराबाट जैसीचौर, थापथोक हुँदै मसिनाबगर आएर कोणसभामा परिणत भएको थियो । पोखरा २५ का वडा कमिटी सचिव देवीप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रमको समापन कमिटी अध्यक्ष ऋषिराम पौडेलले गर्नुभएकाे थियाे ।

यो पटक एमालेका तर्फबाट वडा नं २५ मा वडाध्यक्ष पदका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ ।

received 373832898121065 received 393023206168682 received 505775204560809 received 509058364096421 received 709892450205671 received 3331596923776047

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका