स्थानीय तहको निर्वाचन दिन वैशाख ३० गते आन्तरिक तर्फका उडान बन्द हुने • Nepal's Trusted Digital Newspaperस्थानीय तहको निर्वाचन दिन वैशाख ३० गते आन्तरिक तर्फका उडान बन्द हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्थानीय तहको निर्वाचन दिन वैशाख ३० गते आन्तरिक तर्फका उडान बन्द हुने

स्थानीय तहको निर्वाचन दिन वैशाख ३० गते आन्तरिक तर्फका उडान बन्द हुने

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
स्थानीय तहको निर्वाचन दिन वैशाख ३० गते आन्तरिक तर्फका उडान बन्द हुने
photo source:-onlinekhbar

काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार निर्वाचनकाे  दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।

निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।

निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।

निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ । तर, सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका