पोखरा ११ मा मेयर तथा उपमेयरका उमेदवारसहितको चुनावी भेला • Nepal's Trusted Digital Newspaperपोखरा ११ मा मेयर तथा उपमेयरका उमेदवारसहितको चुनावी भेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा ११ मा मेयर तथा उपमेयरका उमेदवारसहितको चुनावी भेला

पोखरा ११ मा मेयर तथा उपमेयरका उमेदवारसहितको चुनावी भेला

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
पोखरा ११ मा मेयर तथा उपमेयरका उमेदवारसहितको चुनावी भेला

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ मा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी भेला तथा उमेदवार परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ । महानगरपालिकामा नेकपा एमालेका उमेदवार कृष्ण थापा तथा उपमेयरका उमेदवार मञ्जुदेवी गुरुङसहित रानीपौवामा चुनावी भेला तथा उमेदवार परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरमा एमालेका तर्फबाट उमेदवार कृष्ण थापाले देशमा विकास गर्न सक्ने पार्टी एमाले मात्र भएको बताउनुभएकाे छ । उमेदवार थापाले वडालाई समृद्ध बनाउन एकजुट भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । ‘वडा नं ११ लाई समृद्ध बनाउन विकास निर्माणका बाँकी कामलाई निरन्तरता दिइने छ ।’ भेलामा उमेदवार थापाले भन्नुभयाे, ‘वडामा रहेका भित्री चोकमा नबनेका सडकलाई पीच गर्ने पहल गर्नेछु ।’परिचयात्मक कार्यक्रममा थापाले पोखराको वडा नं ११ र १३ जोड्ने कृषि मार्ग निर्माण गर्ने घोषणा समेत गर्नुभएकाे छ । ‘११ र १३ जोड्ने कृषि मार्ग निर्माण गर्ने, कृषि मार्ग बाझखोलाबाट पाडेचोक हुँदै मचारी, बुडुवा हुँदै रानीबगरसम्मको कृषि मार्ग बनाउने छु ।’ उहाँले कार्यक्रममा भन्नुभयाे ।

त्यस्तै उपमेयरकी उमेदवार मञ्जुदेवी गुरुङले ११ नं वडामा न्यायिक समिति समेत नभएको बताउँदै अब आउने दिनमा न्यायिक समिति गठन गर्ने बताउनुभएकाे छ । गुरुङले वडामा युवाको समस्या समाधान गर्न युवा परिषद् गठन गर्ने घोषणा गर्नुभएकाे छ । ‘मुलुकको भविष्य नै युवा हुन् । तर उनीहरुको समस्याका विषयमा कसैले पनि सोचिरहेका छैनन् ।’ उहाँले भन्नुभयाे, ‘त्यही विषयलाई मध्येनजर गर्दै युवाको समस्या सामाधन गर्न युवा परिषद् गठन गर्छु ।’ वडाका केही ठाउँमा सडक पीच नभएको र उक्त सडक पीच गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उमेद्वार मीन गुरुङले वडाका हरेक समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयाे । वडाको स्तरोन्नतीका लागि आफू कुनै हालत पछाडि नहट्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । कार्यक्रममा पोखरा ११ का एमाले सचिव मदनकुमार सुनारले विकासको खाका तथा योजना एमालेसंग भएको बताउनुभयाे । पोखराको ११ नं वडालाई समृद्ध हुनबाट अबका दिनमा कसैले रोक्न नसक्ने उहाँको दावी थियो ।

परिचयात्मक कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सांसद मीना गुरुङले वडामा एमालेको तर्फबाट उमेदवार रहेकाको विषयमा जानकारी गराउनुभएकाे थियाे । उहाँले कार्यक्रममा एमालेका उमेदवारलाई नै भोट किन दिने भन्ने विषयमा समेत आम मतदातालाई जानकारी प्रदान गर्नुभएकाे छ ।

279491204 526204002467287 4727331850225487183 n 279498609 744042386793887 4203518633962633663 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका