पोखरा । पटक पटक माग गर्दा पनि सुनुवाई भएन । बढ्दो सहरीकरणले व्यवसाय सञ्चालनमा समस्याले आजित गण्डकी अटो मेकानिकल वक्र्सले पोखरा महामनगर प्रमुख पदका उम्मेदवार गनेस पौडेललाई कार्यालयमा बोलाएर आफ्नो समस्या सुनायो ।
अन्य राजनीतिक दलसँग पटक पटक माग गर्दा पनि सुनुवाई नभएपछि पोखरा महानगर प्रमुख पदका प्रत्यासि पौडेललाई बोलाएर समस्या सुनाएका थिए ।
मेकानिकल वक्र्स समुहको समस्या सुनेपछि अटेरी समुहका परिकल्पनाकार तथा महानगर प्रमुख पदका प्रत्याशि पौडेलले चुनाव नजिते पनि यसका लागि पहल गर्ने बताउनुभयाे । हरेक सहरमा अटोल्यान्ड हुनुपर्ने बताउँदै उहाँले नेताहरुसँग तमसुक तयार पारेर हस्ताक्षर गराउन समेत लगाउनुभएकाे छ । ‘म चुनाव जिते भने त गर्ने नै भए । नजिते पनि यसको लागि पहल गर्ने छु,’ उहाँले भन्नुभयाे ।
पौडेलले जिम्मेवारी बाहिर रहेर पनि अटेरी समुहले दबाब सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्नुभएकाे छ । मेकानिकल वक्र्सले पौडेललाई जितको शुभकामना दिँदै धन्यवाद ज्ञापन गरेको थियो ।