'पहिला कुरामा मात्रै सिंहदरबार आयो, अब साच्चिकै आउछ' :- देवीजंग गुरुङ • Nepal's Trusted Digital Newspaper'पहिला कुरामा मात्रै सिंहदरबार आयो, अब साच्चिकै आउछ' :- देवीजंग गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पहिला कुरामा मात्रै सिंहदरबार आयो, अब साच्चिकै आउछ’ :- देवीजंग गुरुङ

‘पहिला कुरामा मात्रै सिंहदरबार आयो, अब साच्चिकै आउछ’ :- देवीजंग गुरुङ

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
‘पहिला कुरामा मात्रै सिंहदरबार आयो, अब साच्चिकै आउछ’ :- देवीजंग गुरुङ

पोखरा । मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार देवीजंग गुरुङले चुनाव जितेपछि जनताको घरदैलोमै सेवा लिएर जाने बताउनुभएकाे छ । नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार बनेका गुरुङले ०७४ सालको चुनावमा घरघरमै सिंहदरबार आउने भनिए पनि त्यसो नभएको बताउनुभएकाे छ ।

‘घरघरमै सिंहदरबार आउने त भनियो । तर, सरकारमा पुगेपछि सरकार चलाउने र सरकारको नीतिको तालमेल मिलेन,’ उहाँले भन्नुभयाे, ‘गठबन्धनको सरकारले तपाईंहरुलाई घर घरै आएर सेवा दिन्छ ।’ मादी ९ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले गठबन्धनलाई चुनाव जिताउन समेत आग्रह गर्नुभयाे । गठबन्धनका उम्मेदवारले चुनाव हारे मादीले हार्ने समेत उहाँले बताउनुभएकाे छ ।

गठबन्धनले चुनाव जितेपछि जनताको दैनिक जीवनसँग सरोकार राख्ने आवश्यकता पूरा गर्न आफूहरु लाग्ने उहाँले बताउनुभयाे । स्वच्छ खानेपानी, धाराको व्यवस्था लगायत शिक्षा र स्वास्थ्यमा सहजै सेवा लिने व्यवस्था मिलाउने उहाँले बताउनुभयाे ।

गठबन्धनबाट उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले मादीले यसपालि सही उम्मेदारलाई विजयी गराएर पठाउने बताउनुभयाे । आफूहरुले चुनाव जितेपछि मादीको विकासले फड्को मार्ने दाबी गर्नुभयाे । मादीको आवश्यकता चिनेर आफूहरु मादी बनाउन लाग्ने समेत उहाँले प्रतिबद्धता गर्नुभयाे ।

मन्तव्यकै क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर एकका सचिव सरोज केसीले मादीमा गठबन्धनले चुनाव जिति सकेको बताउनुभयाे । वैशाख ३० गतेको व्यग्र प्रतीक्षा रहेको बताउँदै उहाँले बाकस खुलेर बहुमतले विजयी भएको घोषणा सहित विजय उत्सव मनाउन मात्र बाँकी रहेको बताउनुभयाे । कागजी बादशाहले दुई पटकसम्म जनताले रगत, पसिना बगाएर ल्याएको अधिकार मास्न उद्धत रहेकाले गठबन्धन आवश्यक रहेको बताउनुभयाे । संविधानको रक्षा गर्न गठबन्धनले खेलेको भुमिका स्मरण गर्दै उहाँले जनताले सही नेतृत्व चिन्ने उहाँले सुनाउनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले पनि बोल्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका