नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी • Nepal's Trusted Digital Newspaperनेपाल पुलिस क्लबको अपराजित यात्रा जारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी

नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी

विभागिय टोली नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी रहेको छ । छैटौं आर.बि.बि – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बिहिबार पनि महिला तर्फ पुलिसले जित निकाल्दै अपराजित यात्रालाई कायमै राखेको हो । पुलिसले प्रतिभा माली बेगर खेलेको न्यू डायमण्डलाई २५–११, २५–१७, २५–१५ ले पराजित गरेको हो । पुलिसले आफुले खेलेको तीन खेलमा तीनै खेलमा जित हात पारेको छ ।

यस सँगै पुलिसको लिगमा ९ अंक भएको छ । यस्तै बिहिबारनै भएको महिलाको अर्को खेलमा अर्को विभागिय टोली एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित गर्यो । एपिएफको तीन खेलबाट ६ अंक भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल क्लब लिगमा पुरुष तर्फ गलकोट स्पोर्टस् क्लब र हेल्प नेपालले जित निकालेकाे छ । गलकोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ सेटमा पराजित गरेता पनि अंक बाढ्न बाध्य भयो । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो । गलकोटको यो जित संगै २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ ।

विहिबार सम्पन्न अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबमाथि ३–० को जित निकाल्यो । हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो । यस संगै हेल्प नेपालको ११ अंक भएको छ । यस्तै सेनाको १२ अंक भएको छ । हिजो ढिला गरि भएको प्रतिस्पर्धामा सेनाले ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गर्दै थप ३ अंक जोडेको थियो ।

MB2A2983 MB2A3084 MB2A3093 MB2A3096 1 MB2A3099 MB2A3103

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका