६ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ? • Nepal's Trusted Digital Newspaper६ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ६ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ?

६ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ?

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
६ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेकाे छ । बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको मूल्य ९८ हजार रुपैयाँ  ताेकिएको छ । आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको मुल्य आजको खरिद बिक्री  १२ सय ८० रुपैयाँ तोकिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका