राष्ट्रिय युवा संघ कास्कीको चुनाव प्रचार अभियान तीव्र • Nepal's Trusted Digital Newspaperराष्ट्रिय युवा संघ कास्कीको चुनाव प्रचार अभियान तीव्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय युवा संघ कास्कीको चुनाव प्रचार अभियान तीव्र

राष्ट्रिय युवा संघ कास्कीको चुनाव प्रचार अभियान तीव्र

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
राष्ट्रिय युवा संघ कास्कीको चुनाव प्रचार अभियान तीव्र

पोखरा । नेकपा एमालेका उमेदवारलाई जिताउन एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटीले रचनात्मक सांस्कृतिक कार्यक्रमसहित चुनाव प्रचार अभियानलाई तीव्र पारेकोे छ ।

युवा संघले आफ्नो मातृ पार्टी एमालेबाट कास्कीका स्थानीय तहका उमेद्वारलाई विजयी गराउन रचनात्मक सांस्कृतिक कार्यक्रम सहित चुनाव प्रचार अभियानलाई तीव्र पारेकोे हो ।

गत वैशाख २० गते अन्नपूर्ण गाउँपालिका वडा नम्बर १, ३ र ५ बाट सुरु गरेको अभियान सोही दिन पोखरा महानगरपालिका वडा नं ५, ८ र २ मा सम्पन्न भएको थियो । त्यसैगरी वैशाख २१ गते पोखरा महानगरपालिका १७, १८, १५, १० र ३ मा सम्पन्न भएको छ ।

पोखरा १० मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै युवा राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले युवा संघले चुनावलाई लक्षित गरी ६ सय युवा परिचालन गरेको बताउनुभयाे । एमालेका कुनैपनि कार्यकर्तालाई अन्य दलका कार्यकर्ता तथा नेतामार्फत् अवरोध गर्ने काम गरे आफूहरुले त्यसको प्रतिकार गर्ने समेत जिसीले बताउनुभयाे ।

तत्कालिन अवस्थामा माओवादीका वाइसिएललाई परास्त गरेको बताउँदै अब पनि त्यस्तो हर्कत दोहोरिए आफूहरु चुप लागेर नबस्ने उहाँको भनाई थियो । त्यसैगरी युवा संघ नेपालले हरेक बुंथमा २ सय युवा परिचालन गर्ने राष्ट्रिय युवा संघ कास्कीका सचिव नमराज सुवेदीले जानकारी दिएका छन् । राष्ट्रिय युवा संघले सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत गर्दै आइरहेको छ ।

yuba sang nepal photo scaled yuba sang nepal photo2 1 scaled yuba sang programme scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका