पाेखरा । वि.स २०७४ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ विजय प्राप्त गरेको पोखरा २९ मा यसपपटक पनि एमालेकै पक्षमा जनलहर बढेको छ । यस क्षेत्रमा भएका विकास निर्माणले जनताको मन जित्न सफल भएकाले यस पटक पनि विकासप्रेमी पार्टीलाई जिताउनुपर्छ भन्दै चुनावी प्रचार–प्रसारको अभियानमा स्वतः स्फुर्त रुपमा जनताको सहभागीताले पुष्टि गरेको हो ।
समस्या सुन्दै योजना बुन्दै गरेका एमाले पोखरा २९ का उमेदवारलाई भुपू सैनिक तथा प्रहरीको साथ पाएपछि आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई अगाडि राखेर आसन्न स्थानीय तह निर्वाचनको प्रचार–प्रसारको फरक शैली अपनाउनुभएकाे छ । हाल एमालेको तर्फबाट उमेदवारी दिएका पोखरा २९ का उमेदवार जनताका समस्याको टिपोट गर्दै घर दैलोमा पुग्नुभएकाे छ ।
उमेदवार सहितको टोलीमा जागिरे जीवनपछिका भुपू सैनिक प्रहरी स्वतः स्र्फुत रुपमा र्यालीमा सहभागी भएपछि अहिले पोखरा २९ एमालेमय बनेको अध्यक्ष पदका उमेदवार श्रीप्रसाद गुरुङको भनाई छ ।
गत बर्ष पनि आफ्नो पाटीले विजय प्राप्त गरेर पछि गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने वाचा बन्धनका साथ टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने र निर्वाचनपछि ती समस्यालाई पुर्ण गर्ने बचनबद्धता जाहेर गर्दै घरदैलोमा उमेदवार पुग्नुभएकाे हाे ।
शान्त शैलीमा हातमा डायरी र कलम लिएर पुगेका अध्यक्ष पदका उमेदवार श्रीप्रसाद गुरुङलाई स्थानीयवासीले विशेष गरेर सकुम्वासी समस्या, बाटो र सार्वजनिक ठाउँमा पार्क तथा खेलकुद मैदानको आवश्यकताका बारेमा मुक्त कण्ठबाट सुझाव पेश गर्नुभएकाे थियाे ।
बिहान र बेलुकापखको समयमा मतदाताको घरमा पुगेका उमेदवारले जनताका समस्यका आधारमा विकास निर्माणका योजना तह गर्ने आश्वासन दिनुभएकाे थियाे । देशव्यापी एमालेको पक्षमा आएको जनलहरलाई आफूहरुले साथ दिने वडावासीको सुझाव रहेको एमाले वडा पाटी कमिटी अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिनुभएकाे छ ।