पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा • Nepal's Trusted Digital Newspaperपोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा

पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा

गणेश पहारी, पोखरा । पाँचदलीय गठबन्धनले पोखराको पर्यटकीय क्षेत्र बैदाममा स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचार अभियानलाई तीव्रता दिएको छ । पोखरा–६ बैदाममा गठबन्धनका तर्फबाट वडाध्यक्षमा जगतबहादुर पहारी उम्मेदवार हुनुहुन्छ ।

यसैगरी खुलासदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यमा काँग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा रहनुभएकाे छ ।

गठबन्धनका उम्मेदवारहरुले बिहीबार पनि बैदाम क्षेत्रमा घरदैलो गर्नुभयाे । घरदैलोसँग उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि सँगसँगै लग्नुभएकाे छ । पाँच दलका तर्फबाट उम्मेदवार रहेको र सबैको चुनाव चिन्ह फरक रहेकाले मत बदर हुन नदिन उहाँहरुले मतदातालाई भोट हाल्ने तरिका सिकाउनुभएकाे हाे ।

वडाध्यक्षका उम्मेदवार पहारीले भन्नुभयाे,“जनताको अुमल्य मत बदर भएर खेर नजाओस् भन्नेतर्फ सचेत छौँ । घरदैलो गरेर मत माग्दै गर्दा मतदातालाई मत कसरी दिने भनेर समेत सिकाएका छौँ ।” गठबन्धनले आफ्नो प्रतिवद्धता पत्र सहित घरदैलो गरिरहेको गिरिजा कोइराला टोल विकास संस्थाका अध्यक्ष रामजी(गुरुद्धत्त) कोइरालाले जानकारी दिनुभयाे।

बिहीबार गठबन्धनको चुनावी अभियानमा आमा समूह, युवा क्बल, टोल विकास संस्था लगायत संघ संस्थाबाट समेत उल्लेख्य सहभागिता थियो । वडाका गाइघाट, मुलथोक, भतमारा, अम्बोट, शान्तिचोकका भित्रि सडक क्षेत्रमा सांस्कृतिक कार्यक्रम सहित घरदैलो गरिएको थियो ।

वडाध्यक्षका उम्मेदवार पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा गठबन्धनले जित्नुपर्ने बताउनुभयाे । निर्वतमान वडाध्यमा  रहनुभएका पहारीले विकासका अधुरा योजनालाई पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासी समक्ष आग्रह गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका