पोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम • Nepal's Trusted Digital Newspaperपोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम

पोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २३, २०७९
पोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ को उत्तरपट्टी रहेको झिर्झिका गाउँ वडाका अरु बस्तीमध्येमा विकट मानिन्छ । उक्त बस्तीमा एमालेले चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलो पश्चात भएको कोणसभामा झिर्झिकाका पुराना बासिन्दा पदमलाल अधिकारीले एमाले जनप्रतिधिले गरेका विकासका काम स्मरण गर्नुभयाे । खानेपानीको समस्या समाधान, सडक बाटोको स्तरोन्नति, सामाजिक भवन निर्माण लगायतका विकासका काम सम्झिए र धन्यवाद दिनुभयाे ।

उहाँले अब आउने जनप्रतिनिधिले पनि यसरी नै विकासका काम गर्न सुझाव दिनुभयाे । झिर्झिकाको फलामे खेतबाट नयाँ सडक विस्तार, उन्नत खालको फलफुल खेतिमा जोड, होमस्टे प्रर्वद्वन गर्ने लगायतका काम आफ्नो गाउँमा गर्नुपर्ने माग राख्नुभयाे । मागलाई आत्मसात गर्दै वडाध्यक्षका प्रत्यासी तिर्थबहादुर केसीले स्थानीयको माग सम्बोधन हुने गरि काम गर्ने प्रतिवद्वता जनाउनुभयाे ।

साथै घोषणापत्रमा रहेका काम पुरा गर्ने महिलाका समस्या समाधान, युवालाई स्वरोजगार, उत्पीडितका समस्या समाधानलाई प्राथामिकता दिने बताउनुभयाे । प्रदेश कमिटीको सदस्य धर्मराज बाँस्तोलाले जनताको पार्टी एमाले भएकोले सात सुर्यमा सात छाप लगाएर एमाले उमेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयाे ।

कार्यक्रम सञ्चालन वडा कमिटी सचिव देविप्रसाद अधिकारीले गर्नुभएकाे थियाे । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित घरदैलो अन्तरगत फलामे खेत, याम्दी, आसपास, तिब्बतीयन क्याम्प आसपास घरदैलो गरिएको सचिव अधिकारीले जानकारी दिनुभयाे ।

received 528029898935647

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका