पोखरा । नेकपा एमालेका नेता तत्कालीन संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिवङ्गत रबिन्द्र अधिकारिको ५३औ जन्मजयन्तीको अवसरमा पोखरामा बिहिबार एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ ।
पोखरा महानगर वडा न १८ राष्ट्रिय बिभुती तथा सहिद पार्कमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्वर्गिय मन्त्री रबिन्द्रलाइ सम्झिदै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख खगराज अधिकारिले उहाँ एक कुशल संगठक तथा विकासका अभियन्ता भएको बताउनुभएकाे थियाे।
उहाँले जस्ता सुकै कठिनाइमा पनि नहतारिइकन उत्कृष्ट निर्णय लिन सक्ने र बिचारको सहि प्रवाह गर्न सक्ने नेताको रुपमा रबिन्द्रलाइ चित्रित गर्नुभयाे ।
एमालेका पोलिट्ब्युरो सदस्य जगत बि क ले सहकर्मीको रुपमा मात्रै नभएर एक कुशल नेताको रुपमा रबिन्द्र स्थापित भएको अवस्थामा अल्पायुमै गुमाउनु पर्दा ठूलो क्षती भएको उल्लेख गर्नुभएकाे थियाे।
स्वर्गिय मन्त्री रबिन्द्रकि धर्मपत्नी रबिन्द्र स्मृति प्रतिस्ठानका अध्यक्ष तथा एमाले केन्द्रिय सदस्य बिद्या भट्टराईले अधिकारीको नाउमा अक्षय कोष स्थापनाको काम शुरु भएको र त्यसबाट प्राप्त रकमबाट बर्सेनि विभिन्न क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाइ सम्मान गरिने उल्लेख गर्नुभएकाे थियाे ।
उहाँले ” संसदमा रबिन्द्र ” नामक पुस्तक प्रकाशन उहाँकै जन्मजयन्तिमा गर्ने लक्ष्य राखिए पनि स्थानिय तहको निर्वाचनका कारण स्थगित गर्नु परेकाे र निर्वाचन लगत्तै सो काम शुरु हुने बताउनुभयाे । नेकपा एमाले कास्किका नेता दामोदर बैरागी , प्रतिस्ठानका सचिव पुष्प ज्योति ढुंगाना, प्राध्यापक डा भरतराज पहारी, एमाले पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापा लगायतले रबिन्द्रले राजनिती , बिकास र समाज बिकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियाे। प्रतिस्ठानका अध्यक्ष बिद्या भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।