काठमाडौं । गायक तथा संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गर्नुभएकाे हाे।
एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ।अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाउनुभएकाे छ। गीतको ओरिजिनल गायक भने कमल किरण हुनुहुन्छ।
विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ।