प्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भन्नुभयाे  ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’ • Nepal's Trusted Digital Newspaperप्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भन्नुभयाे  ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भन्नुभयाे  ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’

प्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भन्नुभयाे  ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
प्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भन्नुभयाे  ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’

पोखरा। एमाले पोखरा –१५ का अध्यक्ष पदका प्रत्यासी तोरण बहादुर बानियाँले आफ्ना प्रतिस्पर्धीको तस्बिर सार्वजनिक गर्दै आफूहरुबीचमा मित्रता र सद्भाव रहेको बताउनुभएकाे छ।

बानियाँले सामाजिक संजाल फेसबुक मार्फत पोखरा –१५ को नेतृत्व लिन अगाडि बढेका ‘आदरणीय अग्रज व्यक्तित्व’ भन्दै राप्रपाका चित्र बहादुर भण्डारी र काँग्रेसका मिन बहादुर गिरीसहितको तस्बिर राखेर उक्त कुरा बताउनुभएकाे हाे ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा वडा नं –१५ बाट तीनै जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएकाे छ ।

नेकपा एमालेको बलियो पकड मानिएको वडा नं –१५ मा यसपाली नेपाली काँग्रेस, एकिकृत समाजवादी र माओवादी लगायतका दलले गठबन्धन गरेका छन् । यद्यपी, सहयोगी भावना, मृदुभाषी, सरल व्यवहार र स्वच्छ छवीका कारण समाजमा बेग्लै पहिचान बनाईसक्नुभएका युवा नेता बानियाँलाई पार्टी नभई व्यक्ति हेर्नुपर्ने भन्दै यसपाली वडाको नेतृत्व उहाँलाई नै दिनुपर्नेमा अधिकांश वडावासीको मत रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका