माछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त • Nepal's Trusted Digital Newspaperमाछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • माछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त

माछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
माछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

साथै उहाँले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल पुल बनाउन पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने र शिक्षा, स्वास्थ र रोजगारमा विशेष ध्यान दिने बताउनुभएकाे छ ।

आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलालाई प्राथामिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ ।

विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिनुभयाे । जसका लागि सात सूर्यमा सात छाप लगाई एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्नुभएकाे छ ।

बुधबार गाउँपालिकाका ईदीखोला, नयाँपुल, अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दी, डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएकाे छ भने बिहिबार माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिनुभएकाे थियाे ।

received 1039057290025526

received 397198882069444 received 513323356901016

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका