पोखरा । पोखरा महानगरपालिका वडा नं ६ मा नेकपा एमालेको घरदैलो कार्यक्रम जारी छ । वडाध्यक्षका उमेदवार विष्णु भट्टराई सहित सदस्य पदका उम्मेदवार कार्यकर्तासहित लेकसाइडका विभिन्न स्थानमा घरदैलो गर्नुभएकाे हाे । घरदैलोका क्रममा जेष्ठ नागरिकले उमेदवार भट्टराईलाई चुनाव जित्ने आर्शीवाद दिंदै विजयी भएपछि नाम जस्तै काम गर्न आग्रह गर्नुभयाे ।
बुधबार बिहान उहाँहरु लेकसाइडको मुख्य सडक हल्लनचोक, सेण्टर प्वाइन्ट, बाराहीघाट तथा भित्री बाटोमा पनि मतदाताको शुभकामना लिन पुग्नुभएकाे थियाे । घरदैलोमा हिंडेका उमेदवारसंग विदेशी पर्यटक पनि रमाएका थिए । उनीहरु समेत उमेदवारसंग फोटो खिचाउन अगाडि आएका थिए ।
घरदैलो कार्यक्रम पश्चात् प्रतिक्रिया दिंदै उमेदवार भट्टराईले मतदातामा देखेको उत्साहले आफूलाई ठूलो हौसला मिलेको बताउनुभएकाे छ । ‘यसपटक युवा तथा जेष्ठ नागरिक पनि हाम्रो साथमा उभिनुभएकाे छ, यसले हाम्रो प्यानलको जित सुनिश्चित देखिएको छ ।’ भट्टराईले भन्नुभयाे ।