स्थानीय चुनाव विकासको निकास बनाउनुपर्छ : इन्जिनियर्स एशाेसिएसन • Nepal's Trusted Digital Newspaperस्थानीय चुनाव विकासको निकास बनाउनुपर्छ : इन्जिनियर्स एशाेसिएसन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्थानीय चुनाव विकासको निकास बनाउनुपर्छ : इन्जिनियर्स एशाेसिएसन

स्थानीय चुनाव विकासको निकास बनाउनुपर्छ : इन्जिनियर्स एशाेसिएसन

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
स्थानीय चुनाव विकासको निकास बनाउनुपर्छ : इन्जिनियर्स एशाेसिएसन

पोखरा । नेपाल ईन्जिनियर्स एशाेसिएसन गण्डकी प्रदेश समितिले स्थानीय चुनाव विकासको वाहक बन्न सक्नु पर्ने बताएको छ । एशाेसिएसनले एक विज्ञप्ति जारी गर्दै देश भर उत्साहका साथ हुन लागेको निर्वाचन स्वच्छ, मर्यादित र भयरहित बन्न सक्नु पर्ने समेत बताएको छ ।

सभापति ई. बृजेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा स्थानीय निर्वाचनलाई सामान्य ढंगले मात्र बुझेर समस्याको समाधान नहुने तर्कसमेत राखेको छ । स्थानीय जनप्रतिनिधिले विकासलाई प्राथमिकतामा राख्न नसकेको अवस्थामा एशाेसिएसनले आवश्यक परे पुरा सहयोग गर्न तयार रहेको जनाएको हो । सभापति केसीले पोखरामात्र नभई सिंगो गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न तहमा विकासलाई केन्द्रमा राख्न अनुरोध गरेको छ ।

नेता चुन्ने काममात्र नगरी वास्तविक विकास र जनचाहना अनुरुप काम गर्ने नेतृत्व चुन्नसमेत इन्जिनियर्स एशाेसिएसनसँग आवद्ध अगुवाहरुलाई निर्देशन दिइएको छ । सभापति केसीले बौद्धिक र गर्न चाहने समुहलाई एशाेसिएसनले सहयोग गर्ने वचनसमेत दिएका छन ।
स्थानीय चुनाव, विकासको निकास बनाउन एशाेसिएसनले गर्दै आएको कामलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ । भौगोलिक हिसावमा भिन्न पहिचान बोकेको गण्डकी प्रदेशलाई नमुना प्रदेश निर्माण अभियानमा धैरै काम गर्न बाँकी रहेको भन्दै सभापति बृजेन्द्र केसीले गण्डकी प्रदेश  भरका इन्जिनिएरले विकासलाई साथ दिने बताउनुभएकाे हाे ।

नेपाल भ्यालुयर्स एशाेसिएसन गण्डकी प्रदेशका कोषाध्यक्षसमेत रहेका केसीले लोकतान्त्रिक समुह सिडेन आवद्ध अगुवाहरुलाई विकास प्रेमी र आगामी ५ वर्ष भित्र निकास सहितको विकास दिने नेतृत्वलाई स्थान दिनसमेत आग्रह गर्नुभएकाे छ । पेशागत तथा सेवामुलक संस्थाबाट परिवर्तनको आशा गर्न सकिने बताउनुभएका केसी  ३३ औं केन्द्रीय तथा प्रदेशिक कार्यकारिणी समितिमा निर्वाचित हुनुभएकाे हाे ।

NEA Logo

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका