एमाले पोखरा वडा नं ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सार्याे • Nepal's Trusted Digital Newspaperएमाले पोखरा वडा नं ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सार्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमाले पोखरा वडा नं ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सार्याे

एमाले पोखरा वडा नं ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सार्याे

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
एमाले पोखरा वडा नं ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सार्याे

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं. ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सारेको छ । वडाको समग्र विकासको योजनासहित स्थानीय चुनावमा एमाले पोखरा ५ का उमेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गौरव गर्न लायकको वडा बनाउने घोषणा गर्नुभएकाे हाे ।

उहाँहरुले सडक निर्माण, मर्मत सम्भार, भौतिक पूर्वाधारको विकास, ज्येष्ठ नागरिक महिला बालबालिका उत्पीडित समूह तथा युवाका क्षेत्रका विशेष योजना, शिक्षा स्वास्थ्य साहित्य खेलकुद पर्यटन र कृषिलाई टेवा पुग्ने कार्य योजना, वातावरण प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, स्थानीय कृषि उत्पादनमा बृद्धि, सुन्दर बस्ती विकासका योजना, सामाजिक सुरक्षा र सुशासन लगायतका योजना प्रतिवद्धता पत्रमार्फत् गौरव गर्न लायकको वडा बनाउने घोषणा गर्नुभएकाे हाे ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट वडा नं. ५ मा वडाध्यक्षमा विष्णुप्रसाद बराल, महिला सदस्य कल्पना भुवाजी क्षेत्री, दलित महिला सदस्य हरिमाया विक, खुल्ला सदस्यतर्फ गोविन्दप्रसाद बराल र मणिराम बरालले उम्मेदवार दिनुभएकाे छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा यस वडाको सबै पदमा नेकपा एमालेका उमेदवारलाई वडावासीले विजयी गराएका थिए । यस पटकको निर्वाचनमा पनि वडावासीले एमालेका उम्मेदवारलाई माया तथा विश्वास गर्ने वडाध्यक्षका उम्मेदवार विष्णुप्रसाद बरालले बताउनुभयाे ।

Untitled

277315275 457798382812604 3477696083430386766 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका