नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई सफलता • Nepal's Trusted Digital Newspaperनेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई सफलता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई सफलता

नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई सफलता

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई सफलता

दुई विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आर.बि.बि. , एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । महिला तर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

यस्तै बुधबार भएको महिला तर्फको अर्को खेलमा सेनाले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।
नेपाल पुलिसको यो जित संगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ । यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेष्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ । न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहनुभएकाे थियाे ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो । टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्यो । पुलिसले यो जित संगै ९ अंक बनाएको छ । यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।

MB2A2847 MB2A2848 MB2A2862 MB2A2880 MB2A2883 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका