१९ जना कोराना संक्रमित थपिए सँगै काेराेना संक्रमणबाट १ जनाकाे  मृत्यु • Nepal's Trusted Digital Newspaper१९ जना कोराना संक्रमित थपिए सँगै काेराेना संक्रमणबाट १ जनाकाे  मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १९ जना कोराना संक्रमित थपिए सँगै काेराेना संक्रमणबाट १ जनाकाे  मृत्यु

१९ जना कोराना संक्रमित थपिए सँगै काेराेना संक्रमणबाट १ जनाकाे  मृत्यु

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
१९ जना कोराना संक्रमित थपिए सँगै काेराेना संक्रमणबाट १ जनाकाे  मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट १ जनाकाे  मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ३ सय ७३ जनाकाे पिसिआर परीक्षण गर्दा १९ जना र १ हजार ४ सय ४८ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी १९ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ८ सय २१ जनामा कोरोना परिक्षण भएकाे छ भने १८ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा ३० हजार ६ सय  ५६ जनाले कोरोनाव‍िरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर २ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका