'जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन' :- दलित समुदाय • Nepal's Trusted Digital Newspaper'जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन' :- दलित समुदाय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन’ :- दलित समुदाय

‘जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन’ :- दलित समुदाय

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
‘जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन’ :- दलित समुदाय

पोखरा । पोखरा २३ का दलित समुदायका रामजी घोताङले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवारी दिनुभएकाे कृष्ण थापाले जातीय विभेदको आरोपलाई वेवास्त्ता गर्नु दलित समुदायलाई सह्य नभएको बताउनुभएकाे छ ।

घोताङेले दलित समुदायले बोल्न समेत नपाएको अवस्थामा गठबन्धनले बोल्ने अवसर दिँदै जातीय भेदभावको अन्त्य गर्ने कामको सुरूवात भएको बताउनुभयाे ।

अहिले दलितको आत्मसम्मानमा आघात पर्ने अभिव्यक्त आएको र त्यसको प्रतिकार गर्न जरुरी रहेको उहाँले बताउनुभयाे । उहँले दलित समुदायलाई आग्रह गर्दै यो विभेद विरुद्व लाग्नुपर्ने बताउनुभयाे । ‘एमालेमा सामन्तवादी सोच रहेको र हामी सबै नेपाली भएकाले जातीय भेदभाव हुन दिनुहुँदैन्,’ उहाँले भन्नुभयाे, ‘न्यायको लडाई हो । दलित प्रतिनिधिले विकासका लागि सोच्न पर्ने बेला आएको छ ।’

गठबन्धनले वडा २३ जातीय विभेदयुक्त वडा बनाउन उहाँले उम्मेदवारलाई आग्रह गर्नुभयाे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा सदस्य विष्ष्णु घोताने एमाले मेयरका उम्मेदवार कृष्ण थापाको अभिव्यक्तिले दलित समुदायमा ठोस पुगेको बताउनुभयाे ।

उहाँले २३ वडाअध्यक्षले जातीय भेदभाव उन्मुलनको बारेमा वकालत गर्न नसकेको बताउनुभयाे । ‘हामीले पुरातन सोंच हटाउनुपर्छ । परम्पराले हेपेपनि अहिले त्यही कायम गरिनुहुँदैन्,’ उहाँले भन्नुभयाे, ‘दलीत भएपनि सम्मानजनक जिउन पाउनुपर्छ । पशुलाई भन्दा तल्लो व्यवहार देखाउन पाइदैन् ।’वडा अध्यक्षका उम्मेदवार रामकाजी गुरुङले वडा २३ लाई भिभेदमुक्त वडा बनाउने बताउनुभयाे । उहाँले वडा २३ मा विकासका साथै विभेदको समेत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले वडालाई न्याय र समनाताको वडा बनाउने बताउनुभयाे ।
घरदैलोमा वडा २३ पुगेका गठबन्धनबाट पोखरा मेयरका उम्मेदवार धनराज आचार्य र उपप्रमुख कोपिला रानाभाटले दलित अधिकारको हकहितमा आफूहरु सधै लागि पर्ने प्रतिबद्धता जनाउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका