बैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै • Nepal's Trusted Digital Newspaperबैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै

बैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
बैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै

गणेश पहारी, पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिका वडा नं ६ मा चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनका उम्मेदवारहरुले सुरु गरेको निर्वाचन अभियानमा आमा समूह, युवा क्लब, टोल विकास संस्था लगायतबाट स्वतस्फुर्त रुपमा जनसहभागिता बढिरहेको छ । जनताको समर्थन बढ्दै जाँदा उम्मेदवारहरु उत्साहित बनेका छन् ।

वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले चुनावी अभियानमा देखिएको उत्साह र सहभागिताले विजयीको नजिक पुगेको अनुभुति भएको बताउनुभयाे । उहाँले भन्नुभयाे,“ बैदाम गठबन्धनको किल्ला बन्दैछ । हामी विजयको नजिक पुगेका छौँ ।” पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा समेत टिम विजयी हुनुपर्ने आवश्यकता औँल्याउनुभयाे । उहाँले वडामा
बाँकी रहेका अधुरा योजनालाई पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासी समक्ष आग्रह गर्नुभयाे ।

उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रम सहित घरदैलोमा सहभागी हुँदा स्थानीयवासीले फूलमाला र टीका लगाएर भव्य स्वागत गर्नुभएकाे छ । डिहीकोपाटन, नहरमार्ग, खहरे, बंगलादीका टोल र भित्री सडकहरुमा समेत बुधबार उम्मेदवारहरुले विहान सबेरैदेखी घरदैलो गरेका छन् ।

सो वडामा नेपाली काँग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष जगतबहादुर पहारी वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । यसैगरी खुलासदस्यमा नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काँग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका