‘पोखरा १० काे विकासका लागि एमालेका उमेदवारलाई भाेट दिन मतदातासँग आग्रह • Nepal's Trusted Digital Newspaper‘पोखरा १० काे विकासका लागि एमालेका उमेदवारलाई भाेट दिन मतदातासँग आग्रह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पोखरा १० काे विकासका लागि एमालेका उमेदवारलाई भाेट दिन मतदातासँग आग्रह

‘पोखरा १० काे विकासका लागि एमालेका उमेदवारलाई भाेट दिन मतदातासँग आग्रह

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
‘पोखरा १० काे विकासका लागि एमालेका उमेदवारलाई भाेट दिन मतदातासँग आग्रह

पोखरा । पोखरा १० का एमालेका उमेदवारले नेपाली कांग्रेसले वडाभित्र कुनैपनि विकास नगरेको बताउनुभएकाे छ । उमेदवारले विकास गर्ने एमालेका उमेदवारलाई मत दिन समेत मतदातालाई आग्रह गर्नुभएकाे छ । पोखरा १० मा विकासका काम हुन् नसकेको भन्दै उमेदवार हरुले आफूहरुलाई एकपटक जिताएर पठाउन आग्रह गर्नुभएकाे हाे ।

वडाभित्र रहेका टोलमा रहेको नालालाई व्यवस्थित बनाउनतर्फ अघिल्लो पटक कांग्रेसबाट जितेर गएका जनप्रतिनिधिले नजर लगाउन नसकेको उहाँहरुको आरोप रहेकाे छ । वडाभित्र नालामाथि स्ल्याब नहुँदा वर्षायाममा बग्ने पानीबाट दुर्घटना भइरहेको भन्दै पटक–पटक वडाका प्रतिनिधिलाई आग्रह गरेको भएतापनि उहाँहरुले ध्यान नदिएको उमेदवारले अघिल्लो जनप्रतिनिधिलाई आरोप लगाउनुभएकाे छ ।

त्यसैगरी जनताले विभिन्न टोलहरुमा थ्री–फेस लाइन उपलब्ध हुन नसक्दा युवाले सोचेजस्तो व्यापार व्यवसाय गर्न नसकेको विषयलाई उहाँ हरुले चुनावी एजेण्डा बनाउनुभएकाे छ । वडामा हरेक पटक नेपाली कांग्रेसले जित्ने र महानगरमा एमालेको प्रमुख आउने भएकाले पनि वडाभित्र विकासको लहर नछाएकाले अब वडा नं १० लाई समृद्ध बनाउने हो भने एमालेलाई भोट दिनुपर्ने उहाँहरुको मतदाता समक्ष माग समेत गरेको चुनावी प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

यसपटक उमेदवारले वडाभित्र रहेको जेष्ठ नागरिकलाई घर घरमा बृद्धा भत्ता, युवा, एकल महिला तथा बालबालिकालाई समेत मध्येनजर गर्दै सीपमुलक तालिम प्रदान गरी समृद्ध वडा बनाउने योजना रहेको बताउनुभएकाे छ । त्यसैगरी विदेशबाट फर्केका युवालाई उहाँहरुको सीपलाई सदुपयोग गरी सहुलियत दरमा ऋण प्रदानका लागि सहजीकरण गर्ने समेत एजेण्डा बनाउनुभएकाे छ ।

रंगशाला, पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वडाका जनताको पंहुच पुर्याउनका पहलकदमी थाल्ने उमेदवारले बताउनुभएकाे छ । यसैबीच घरदैलो कार्यक्रमलाई निर्वाचन परिचालन कमिटीले तीव्रता दिएको छ । मंगलबार घरदैलो कार्यक्रम अन्तरगत टप्स स्कुल हुँदै पीपलडाली चोक, गौतमबुद्ध मार्ग, गोर्खा वेलफेयर एरिया, बुद्धचोक उत्तरतर्फको एरिया, पोखरा रंगशाला, इन्द्रमार्ग हुँदै घलेचोक, एसओएस स्कुल, किरण मेडिकल चोक हुंदै आँधीखोला मेडिकलमा समापन भएको मुल आयोजक समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका