पोखरा १८ का जनताको लागि राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी सौभाग्य:- बखान सिंह  • Nepal's Trusted Digital Newspaperपोखरा १८ का जनताको लागि राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी सौभाग्य:- बखान सिंह  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १८ का जनताको लागि राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी सौभाग्य:- बखान सिंह 

पोखरा १८ का जनताको लागि राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी सौभाग्य:- बखान सिंह 

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
पोखरा १८ का जनताको लागि राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी सौभाग्य:- बखान सिंह 

पोखरा । पोखरा १८ को विकासका लागि राजु शर्मा तिमिल्सिना हुनु नै सौभाग्य रहेको नेकपा माओवादी केन्द्रका कास्की जिल्ला अध्यक्ष  बखान सिंह तमुले दावी गर्नुभएको छ । पोखरा १८ भञ्जाङमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गदै तमुले पोखरा १८ को विकास गर्न तिमिल्सिना भन्दा अरु पात्र नरहेको बताउनुभएकाे छ ।

इमान्दार, बिकास प्रेमी नेता भएको कारण पार्टी भन्दा माथी उठेर तिमिल्सिनालाई भोट गर्नुपर्ने बताउनुभयाे । चुनावको समयमा पार्टी भन्दा व्यक्ति हेर्नुपर्ने उहाँको भनाइ छ ।

केपी ओलीको प्रतिगमन विरुद्ध आफुहरु उठेको जानकारी दिदै जनताको सेवा समर्पित गर्नुपर्ने ठाउँमा संसद भङ्ग गरेको बताउनुभएकाे छ ।
२०७४ सालका जनप्रतिनिधि आफ्नो स्वार्थको लागि सत्ता प्रयोग भएको र यस्ता विषय जनताले बुझ्नुपर्ने बताउनुभयाे । २०७४ सालमा नेपाल र गण्डकी प्रदेशमा नै माओवादीले बिजय हासिल गरेको पालिका उत्कृष्ट पालिका बनेको दावी गर्नुभयाे ।

तिमिल्सिना जस्ता खारिएको उम्मेदवारलाई जनताले काम गर्ने अवसर दिनुपर्ने बताउनुभयाे । पोखरामा एमाले चुनावमा भए पनि एकजुट नभएको उहाँको दावी छ ।

वास्तविक संघियताको मर्म माओवादीले मात्र बुझ्न सक्ने तमुले बताउनुभएकाे छ । माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमल्सिना माओवादीलाइ भोट हाल्नका लागि मतदाता शिक्षाको आवश्क रहेको औंल्याउनुभयाे ।

माओवादीको सरकार नभएको कारण संविधानमा लेखेको अधिकार अहिलेसम्म गाउँ गाउँमा नपुगेको बताउनुभयाे । अधिकार गाउँ गाउँमा लैजान माओवादी केन्द्रको स्थानिय सरकार हुनुपर्ने उहाँको भनाइ छ । माओवादीले जित्दैन कि भन्ने भ्रममा नबस्न र जित्ने निश्चित भएको तिमिल्सिनाले दावी गर्नुभयाे । सामन्तले जिते दलित दलित नै भएर बाच्नुपर्ने र दुखी दुखी नै भएर बाच्नुपर्ने बाध्यता हुने तिमिल्सिनाले बताउनुभयाे ।

संक्रमण आर्मी, पुलिसले लखेठ्दा पोखरा १८ का बासिन्दाले घरमा गोठमा लुकाएर बचाएको खाना खुवाएको बताउनुभयाे । पोखरा १८ का माओवादी केन्द्र उपाध्यक्ष नारन तिमिल्सिना जनताले टोल टोलमा परिवर्तन चाहेको उहाँले सुनाउनुभएकाे छ । घरदैलाेका क्रममा स्थानियले तिमिल्सिानाको जितको निश्चत रहेको दुर्गादत्त तिमिल्सिना बताउनुभएकाे छ । वडा अध्यक्षको रुपमा तिमिल्सिनालाई स्वागत गर्न आतुर रहेको दुर्गादत्तले सुनाउनुभयाे । पोखरा १८ सुन्दर पोखरीबाट सुरु भएको प्रचार प्रसार कार्याक्रम सिमताल, तोरीपानी, हुदै अरर्जामा पुगेर समापन भएको थियो ।

277660424 3141349539517679 8253018291943368665 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका