विमानस्थलमा शंकास्पद वस्तु नभेटिए पछि केहीसमयमा नियमित उडान सुरु गर्ने • Nepal's Trusted Digital Newspaperविमानस्थलमा शंकास्पद वस्तु नभेटिए पछि केहीसमयमा नियमित उडान सुरु गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विमानस्थलमा शंकास्पद वस्तु नभेटिए पछि केहीसमयमा नियमित उडान सुरु गर्ने

विमानस्थलमा शंकास्पद वस्तु नभेटिए पछि केहीसमयमा नियमित उडान सुरु गर्ने

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
विमानस्थलमा शंकास्पद वस्तु नभेटिए पछि केहीसमयमा नियमित उडान सुरु गर्ने
photo source:- shankar giri

काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको थियाे ।

आज बिहान अज्ञात व्यक्तिबाट बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाउनुभएकाे थियाे ।

तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभएकाे छ । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु भेटिएन,’ विमानस्थलका प्रवक्ता ठाकुरले  भन्नुभयाे । उहाँका अनुसार अब केहीबेरमा नियमित उडान सुरु हुन्छ ।

सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका छन् ।

udan

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका