पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ मा एमालेका उमेदवारलाई जिताउन प्रचार–प्रसारलाई तीव्र पारिएको छ । प्रचार–प्रसार सँगै गाउँँ–गाउँँमा कोणसभा समेत आयोजना गरिएको छ । मंगालवार सावेतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वडा अध्यक्षका उमेदवार रमेश गुरुङले गाउँको एमाले एमालेको स्थानीय सरकारले मात्र गर्ने बताउनुभयाे । पाँच वर्ष सम्म एमालेको स्थानीय सरकार नहुँदा गाउँमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि नभएकाले अवको निर्वाचनमा एमालेको उमेदवारलाई मत दिनुपर्ने बताउनुभयाे ।
एमालेले जितेको स्थानीय तहमा एमालेको लहर छाएको भएता पनि नेपाली काँग्रेसकै गाउँपालिका भएतापनि अन्नपूर्ण गाउँपालिकामा एमाले हुन नसकेको उहाँको भनाई रहेको थियो । नेकपा एमाले वडा कमिटी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष पूर्ण राईको अध्यक्षतामा सम्पन्न कोणसभामा कमिटीका सचिव धनबहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएकाे थियाे ।
नेकपा एमाले वडा कमिटी अन्नपूर्ण गाउँपालिका वडा नम्वर ९ को आयोजनामा हिले, तिखेढुंगा, उल्लेरी, नयाँगाउँ, सावेत, सुदामे, बांझगरा लगायतका गाउँमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको प्रचार प्रसार संयोजक अष्ट लामाले जानकारी दिनुभएकाे छ । नेकपा एमाले अन्नपूर्ण ९ मा एमालेको तर्फबाट अध्यक्षमा रमेश गुरुङ, खुल्ला महिला सदस्यमा पुष्पा पुन, दलित महिला सदस्यमा लक्ष्मी विक, खुल्ला सदस्यमा जुवीन्द्र पुन र खुल्ला सदस्यमा हिमलाल जैसी उमेदवार हुनुहुन्छ ।