‘बाँकी रहेका पूर्वाधारका काम पूरा गर्छु’:-विक्रम गुरुङ • Nepal's Trusted Digital Newspaper‘बाँकी रहेका पूर्वाधारका काम पूरा गर्छु’:-विक्रम गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘बाँकी रहेका पूर्वाधारका काम पूरा गर्छु’:-विक्रम गुरुङ

‘बाँकी रहेका पूर्वाधारका काम पूरा गर्छु’:-विक्रम गुरुङ

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
‘बाँकी रहेका पूर्वाधारका काम पूरा गर्छु’:-विक्रम गुरुङ

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विक्रम गुरुङले मतदातासँग गाउँपालिकामा प्रकृयामा रहेका र बाँकी रहेका विकासका पूर्वाधार पूरा गर्ने वाचा गर्नुभएकाे छ ।

उहाँले अहिलेका जनप्रतिनिधिबाट हुने प्रक्रियामा रहेका र बाँकी रहेका काम जसरी पनि पूरा गर्ने दृढ संकल्प गर्नुभयाे । गुरुङले भन्नुभयाे, ‘जनप्रतिनिधिहरु जनताको सेवक हो, म अध्यक्ष भएपछिको ५ वर्ष जनताको सेवा गरेर बिताउँछु ।’ उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने अठोट गर्नुभयाे ।

आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नं १ र ३ का बासिन्दाको प्रत्यक्ष भेटमा आफूले गरेका वाचा जसरी पनि पूरा गर्ने विश्वास व्यक्त गर्नुभयाे । जसका लागि सूर्य चुनाव चिन्हमा मतदान गर्न उहाँको अनुरोध छ । उहाँले वडा नम्वर ३ मा ठुलो संख्यामा रहेका उत्पीडित समुदायको हक हितका लागि काम गर्ने बताउनुभयाे ।

उपाध्यक्ष पदका उमेदवार सीता तिवारी अधिकारीले आफ्नो अनुभव र ज्ञानको प्रयोग गरी काम गर्ने बताउनुभयाे । कार्यक्रममा प्रदेश कमिटी सदस्य नरबहादुर गुरुङले पार्टीले शैक्षिक एवं प्रागिक व्यक्तिलाई उमेद्वारी दिएको हुँदा एमालेको जित सुनिश्चित भएको बताउनुभएकाे छ ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा कास्की क्षेत्र न ३ का संयोजक कर्णबहादुर गुरुङ र प्रदेश सदस्यद्वय लालबहादुर परियार र सुर्यप्रसाद लम्सालले पार्टीले लिएको निति अनुसार जनप्रतिनिधिले काम गर्ने हुनाले सुर्य चिन्नमा भोट दिन गाउँबासी मतदाताहरुलाई अनुरोध गर्नुभयाे ।

घरदैलो कार्यक्रम अन्तरगत विभिन्न ठाउँमा भएको कोणसभा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पुष्पा केसी भण्डारीको प्रमुख अतिथ्यतामा भएको कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख ऋषि गौतमले दिएको जानकारी दिनुभएकाे छ ।

received 4933041640149131

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका