पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे :- देवी जंग गुरुङ • Nepal's Trusted Digital Newspaperपोखरामा बसेर योजना बनाउनेले मादी बिगारे :- देवी जंग गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे :- देवी जंग गुरुङ

पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे :- देवी जंग गुरुङ

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २०, २०७९
पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे :- देवी जंग गुरुङ

पाेखरा । बाहिरबाट आउछन् । के गर्न आएका हुन् । डोजर चलाउछन्, हामी यहाँ बस्नेलाई थाहै छैन, मादी ७ थाकका बुद्धिबहादुर गुरुङले आक्रोश पोख्नुभयाे । जनतालाई थाहै नदिइ योजना थालेकोमा उहाँको आक्रोश थियो ।

चुनावी घरदैलो गर्दै आफ्नो गाउँ घर पुगेका गठबन्धनका उम्मेदवारसँग थियो यो उहाँ आक्रोश । गाउँमै बस्ने नागरिक छोडेर बाहिर बस्ने नागरिकलाई उपभोक्ता समिति बनाएर योजना ल्याइएको भन्दै उहाँले आक्रोश पोख्नुभएकाे हाे ।

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका देवी जंग गुरुङले पोखरा बसेर योजना बनाउने जनप्रतिनिधिले गर्दा यस्तो अवस्था आएको बताउनुभयाे । त्यसैको विरोधका लागि आफ्नो उम्मेदवारी आएको उहाँले सुनाउनुभयाे । त्यसैको विरुद्धमा ल हाम्रो उम्मेदवारी हो । हामीले जिते मादीले जित्छ । हामी तपाईंहरुलाई सोधेर मात्रै योजना बनाउँछौ, उहाँले भन्नुभयाे ।

उपाध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका लाल बहादुर गुरुङले मादीबासिको पीडा समेट्न गठबन्धनलाई जितान आग्रह गर्नुभयाे । विवेक प्रयोग गरेर भोट हाल्न उहाँले अनुरोध गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका