आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाए • Nepal's Trusted Digital Newspaperआज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाए

आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाए

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २०, २०७९
आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाए
photo source:-onlinekhabar

काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

मंगलबार राजधानी काठमाडौंका दुई मस्जिदलगायतका ठाउँमा विशेष नमाज वाचन गरिएको छ । घण्टाघरमा रहेको जामे मस्जिद, पञ्चकाश्मिरी तकियामा नमाज वाचन गरी शुभकामना साटासाट गर्दै मुस्लिम समुदायले इदउल फित्र पर्व मनाएका छन् । यसअघि कोरोना महामारीका कारण नमाज पाठ गर्न रोक लगाइएको थियो ।

edd

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका