पोखरा १ मा एमालेको चुनावी अभियान तीव्र • Nepal's Trusted Digital Newspaperपोखरा १ मा एमालेको चुनावी अभियान तीव्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १ मा एमालेको चुनावी अभियान तीव्र

पोखरा १ मा एमालेको चुनावी अभियान तीव्र

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २०, २०७९
पोखरा १ मा एमालेको चुनावी अभियान तीव्र

पोखरा । चुनावी माहोल पोखरामा यतिबेला तातिरहेको छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १ मा स्थानीय तहको निर्वाचन निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले घरदैलो कार्यक्रलाई तीव्रता दिएको छ ।

नेकपा एमालेले  वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रमको आयोजना गरेकाे थियाे । एमालेको कार्यक्रममा मतदाता उत्साहित देखिएका थिए । घरदैलो कार्यक्रममा वडाका स्थानीयबाट एमालेका उमेदवारले आर्शीवाद समेत लिनुभएकाे छ । त्यस्तै उहाँहरुले स्थानीय बासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट १ नं वडामा अध्यक्षका प्रत्यासी साहारा प्रधानले आफूहरुलाई भोट दिएर जिताउन आग्रह गर्नुभए काे छ । आफूले जितेको खण्डमा वडावासीका सबै समस्या समाधान गर्ने र वडावासीलाई कुनै पनि सुविधाबाट बञ्चित नगर्ने उहाँको भनाई थियो ।

घरदैलो कार्यक्रममा वडामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित महिला सदस्यका उमेदवार शोभा गुरुङ, दलित महिला सदस्यका उमेदवार जुकमाया दमाई, खुल्ला सदस्यका उमेदवार ठाकुरप्रसाद बगाले तथा जुमकाजी गुरुङको समेत सहभागी थियो ।
उक्त वडामा आगामी दिनमा समेत निर्वाचन लक्षित घरदैलो तथा विभिन्न कार्यक्रमको आयोजना निरन्तर रुपमा गरिने बताइएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका