नेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सहित दर्जनौं युवाहरु एमालेमा प्रवेश • Nepal's Trusted Digital Newspaperनेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सहित दर्जनौं युवाहरु एमालेमा प्रवेश • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सहित दर्जनौं युवाहरु एमालेमा प्रवेश

नेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सहित दर्जनौं युवाहरु एमालेमा प्रवेश

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २०, २०७९
नेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सहित दर्जनौं युवाहरु एमालेमा प्रवेश

पोखरा । नेकपा एस स्याङ्जाका सचिव एबम गण्डकी प्रदेश सदस्य टिकाराम नेपाली, सोहि पार्टीका गण्डकी प्रदेश समिति सदस्य नेत्र बहादुर थापा सहित नेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाई लगाएतका दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल , सोहि पार्टीका स्याङ्जा जिल्ला कमिटी सदस्यहरु मिलन सुबेदी र दिपक नेपाली ,एस निकट युबा संघका केन्द्रीय सदस्य बरुण चौधरी ,युबा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार , सचिब बुद्धिमान श्रेष्ठ , युवा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक रहनुभएकाे छ ।

उनीहरुलाई नेकपा एमालेका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्बी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सिता सुन्दास लगाएतले पोखरामा आयोजित एक कार्यक्रममा स्वागत गर्नुभएकाे थियाे ।

आधिखोला पोखरा सम्पर्क मंचद्वारा पोखरामा आयोजित स्वागत कार्यक्रममा उप महासचिव गुरुङले प्रतिक्रीयावादिहरुको भ्रमको पर्दा बिस्तारै च्यातिदै गएको भन्दै निष्ठावान कार्यकर्ताहरु देशैभरी एमालेमा फर्किने क्रम जारि भएको बताउनुभयाे । एमालेको नीति र बिचारमा कुनै खोट नभएको कुरा आम कार्यकर्ताहरुको घर फिर्ती हुने क्रमले पुष्टी हुदै गएको बताउनभयाे ।

माधव नेपालले नेतृत्व गरेको पार्टीको कुनै बिचार नभएको र बिचारबिहिन पार्टी क्रमश दक्षिणपन्थी भासमा भासिदै गएको दाबि गर्नुभयाे ।उहाँले बिचार बिनाको भुत्ते पार्टीको कुनै अर्थै नहुने हुदाँ सम्पूर्ण एमाले प्रेमीहरुलाइ घर फर्कन आग्रह गर्नुभयाे ।

सो अवसरमा एमालेका केन्द्रीय सदस्य  सिता सुन्दास , एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु सुधिर कुमार पौडेल ,सोभियत ढकाल लगाएतले दर्जानौ युवाहरुलाई एमालेमा स्वागत गर्नुभएकाे थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका