नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीलाई काठमान्डाैँ महानगरको साथ • Nepal's Trusted Digital Newspaperनेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीलाई काठमान्डाैँ महानगरको साथ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीलाई काठमान्डाैँ महानगरको साथ

नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीलाई काठमान्डाैँ महानगरको साथ

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २०, २०७९
नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीलाई काठमान्डाैँ महानगरको साथ

खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमान्डाैँ महानगरपालिकाको मुख्य प्रायोजन रहने भएको छ । सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमान्डाैँ महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो । यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराएकाे हाे । यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएकाे छ ।

१६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फ योनै सर्वाधिक पुरस्कार रासी रहेको प्रतियोगिता हो । यस अघिको संस्करणमा बिजेताको पुरस्कार रासी ५ लाख रहेको थियो । २०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आईरहेकोमा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।

२०५० सालमा पहिलो पटक रविन सन शाक्यले धर्मश्रीको उपाधी हात पार्नुभएको थियाे । २०५३ मा सागर ताम्राकार, २०५४ मा लाल बहादुर गुरुङ्ग, २०५५ मा जीवन गिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिष श्रेष्ठ, २०५९ मा नरेश महर्जन, २०६२ र ६४ मा सानु गुरुङ्ग, २०६८ मा लोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ मा अर्जुन वर्णवाल र २०७५ मा मिलन सिजापतीले धर्मश्रीको ताज पहिरी सक्नुभए काे छ ।

शारिरीक सुगठनको ईतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको छ । २०७९ बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको विचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने छ । प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका