पोखरा ११ को विकट मचारी क्षेत्रका मतदाता भन्छन,‘विकासका लागि एमालेकै भर छ’ • Nepal's Trusted Digital Newspaperपोखरा ११ को विकट मचारी क्षेत्रका मतदाता भन्छन,‘विकासका लागि एमालेकै भर छ’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा ११ को विकट मचारी क्षेत्रका मतदाता भन्छन,‘विकासका लागि एमालेकै भर छ’

पोखरा ११ को विकट मचारी क्षेत्रका मतदाता भन्छन,‘विकासका लागि एमालेकै भर छ’

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २०, २०७९
पोखरा ११ को विकट मचारी क्षेत्रका मतदाता भन्छन,‘विकासका लागि एमालेकै भर छ’

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ मा नेकपा एमालेका वडा अध्यक्ष सहितका उम्मेदवारले वडाभरकै सबैभन्दा विकट मानिएको मचारी क्षेत्रसहित विभिन्न स्थानका मतदातासंग भेट गर्नुभएकाे छ । मचारी क्षेत्रमा एमालेका उम्मेदवार पुग्दा स्वागत गरेका स्थानीयले आफूहरुले अहिलेसम्म सडकको ठूलो समस्या खेपेको गुनासो गर्दै सडक स्तरोन्नतीका लागि यसपटक एमाले उम्मेदवारकै भरोसा गरेको प्रतिक्रिया दिएका छन् ।

उक्त क्षेत्र पहिरोको समेत उच्च जोखिममा रहेको भन्दै स्थानीयले पहिरो रोकथामका लागि दिगो पहल गर्न समेत आग्रह गरेका छन् । स्थानीयको गुनासो सुनिसकेपछि वडा अध्यक्षका उम्मेदवार मिनबहादुर गुरुङले मचारी क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेर प्रतिवद्धता पत्र तयार भएको जानकारी गराउनुभयाे । साथै उक्त क्षेत्रको पहिरो व्यवस्थापनका लागि समेत बजेट विनियोजन गर्ने योजना प्रतिवद्धतापत्रमा समेटिएको बताउनुभयाे । प्रतिवद्धतापछि स्थानीयले अबको भरोसा एमाले भएको भन्दै उम्मेदवारलाई विजयीको शुभकामना सहित मतदानको प्रतिवद्धता जनाउनुभयाे ।

साेमबार नै उम्मेदवारसहितको टोली नमुना टोलमा पुग्दा टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले भव्य स्वागत गर्नुभयाे । साथै सिस्नेरी, कमेरेपानी, रानीबगर, भोटेको कुना, सिमलचौर लगायत स्थानका मतदाताले पनि उम्मेदवारलाई मददान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले वडा नं ११ का ग्रामिण क्षेत्रमा यसअघि काँग्रेसबाट जित हासिल गरेका जनप्रतिनिधिले विकासमा ध्यान नदिएको आरोप लगाउँदै अब एमालेकै भर रहेको प्रतिक्रिया दिएका छन् ।

सोमबारको घरदैलो कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सांसद एवं जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष मिना गुरुङले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको हक हितका लागि श्रम डेस्कको स्थापना गर्ने योजना सुनाउनुभयाे । उहाँले श्रमिकलाई सूचिकृत र
पञ्जीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा समावेश गर्ने विषयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाउनुभयाे ।

वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्सापूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिनुभएकाे छ । घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का इन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटीका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।

 

viber image 2022 05 02 17 46 38 128 viber image 2022 05 02 17 46 38 258 viber image 2022 05 02 17 46 38 375

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका