मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन • Nepal's Trusted Digital Newspaperमादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

  • समाचारपाटी
  • सोमवार, बैशाख १९, २०७९
मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

पोखरा । मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा १२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेदवार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएकाे हाे ।

सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताउनुभयाे । आफूहरुको साझा उम्मेद्वारी नै आधार भएको उहाँले बताउनुभयाे ।

माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताउनुभयाे ।
गठबन्धनका साझा उम्मेद्वारहरू अहिले घरदैलो कार्यक्रममा गाउँ गाउँ पुगेको नेपाली कांग्रेस कास्की एकका सचिव सरोज केसीले जानकारी दिनुभयाे ।

 

मादी 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका