मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेदवारी :- एक जंग गुरुङ • Nepal's Trusted Digital Newspaperमादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेदवारी :- एक जंग गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेदवारी :- एक जंग गुरुङ

मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेदवारी :- एक जंग गुरुङ

  • समाचारपाटी
  • सोमवार, बैशाख १९, २०७९
मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेदवारी :- एक जंग गुरुङ

 पोखरा । मादी गाउँपालिकालाई कुनै बेला कास्कीको कर्णाली पनि भनिन्थ्यो । भौगोलिक रुपमा देशकै ठुलो महानगरसंग जोडिएपनि दुर्गम मानिन्थ्यो । तर स्थानिय निकायको स्थापनापछि यस पालिका रुप फेरिएको छ ।

मादी कै उत्तरी भेग वडा नम्बर २ ताङतिङमा पछिल्लो ५ वर्षमा उल्लेखनीय विकास भएको वडा अध्यक्ष एक जंग दावी गर्नुहुन्छ । यसअघिको आफनो पाँच वर्षे कार्यकालमा वडाको महत्वपूर्ण योजनाहरु सफल बनाउन मादी गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको समेत सहयोगमा साना ठूला गरि करिब १ सय ५० वटा योजनाहरु सफलता पुर्वक सम्पन्न गरेको बताउनुहुन्छ ।

गुरुङ अगामि निर्वाचनको उम्मेदवार पनि हुनुहुन्छ । पछिल्लो ५ वर्षमा सुरु गरेका अपुरा काम पुरा गर्ने उदेश्य लिएर नै उम्मेदवारी दिएको बताउनुहुन्छ ।

गुरुङका अनुसार स्थानिय सरकारको कार्यकाल शुरु भएपछि संघिय सरकारको आर्थिक सहयोगमा ताङतिङदेखि क्रपु डाँडा जोड्ने कच्ची मोटर बाटोको निर्माण सम्पन्न गरे । ”ुवडाले यसबाटोको सिपाहीको रुपमा मर्मत गर्ने, रेखदेख गर्ने काम गर्दै यसको स्तर उन्नती गर्यो । फलस्वरुप अहिले ताङतिङ हुँदै क्रपु डाँडामा हिउँ खेल्ने जाने, गुराँसको सौन्दर्य हेर्न जानेको ताँती लागेको छ । अन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि यसबाट त्यहाँका स्थानियको आय आर्जनको स्रोत समेत बढेको छ भने पर्यटकीय दृष्टिकोणबाट समग्र गाउँपालिकको शान समेत बढेको छ” । गुरुङले भन्नुभयाे, ”पर्यटनको राम्रो सम्भावना बोकेको ताङतिङमा फेरि वडा अध्यक्षमा चुनिए अझ पर्यटन विकासमा लाग्छु” ।

”शाषक हैन, जनताको सेवक हुँ भनेर कहिले घरमा अनि कहिले गोठमै वृद्धा भत्ता वितरण गर्न आफै पुग्नु हुन्थ्यो । सार्हो गार्हो पर्यो भने आउनु हुन्थ्यो” । स्थानीय धन कुमारी गुरुङले बताउनुभयाे ।

वडा नं २ अन्तरगत पर्ने ताङतिङ गाउँ, रोहि गाउँ र घ्याम्राङ गाउँलाई विकासका हिसाबले उहाँले सधै समान ढंगाले काम गरेका बताउँनुहुन्छ । वडा कार्यालय मार्फत प्रवाह हुने विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाए बताउनुहुन्छ । उहाँकै कार्यकालमा रोहि गाउँ सेतिखोला खानेपानी योजना, ताङतिङ गाउँ पिक्निक स्थल तथा भ्वु टावर निर्माण, सेतीखोला रोहिगाउँ गोरेटो बाटो निर्माण, ज्याम्दुबाट घ्याम्राङजाने ग्रामिण सडक निर्माण, खोप केन्द्र भवन निर्माण, ज्याम्दु ताङतिङ मोटर बाटो निर्माण लगायतको काम सम्पन्न भयो ।

यस्तै घ्याम्राङ सत्यदेवी आमा समुहको भवन ट्रस निर्माण, तोनी क्होइवो धीं भवनमा ट्रस निर्माण, क्होला सोंथर पर्यटन मार्ग बाटो निर्माण, घ्याम्राङ बहुउद्येश्यि समाज भवन निर्माण, रोहि गाउँ बहुउद्येशिय सामुदायिक भवन निर्माण, दलित सामुदायिक भवन मर्मत, संरक्षण युवा क्लवको खेलमैदान तथा सार्वजनिक शौचालय निर्माण भयो ।

यसका साथै बहु उपयोगि अल्लो प्रशोधन गर्ने मेशिन खरिद, ताङतिङ क्रपु क्होला सोंथर सम्पदा मार्ग निर्माण, पुलुकोँ पिक्निक पार्क निर्माण, नौजु डाँडामा ट्रस निर्माण, ताङतिङ गाउँभित्रको मोटर बाटोबाट छुटिने शाखा गोरेटो बाटोहरु निर्माण र ताङतिङ क्रपु क्होला सोँथर सम्पदा मार्गमा सोलिङ गर्ने लगायतको दर्जनौ साना ठूला योजनाहरु उहाँको कार्यकालमा सम्पन्न भएका छन् ।

यस्तै यसै आर्थिक वर्ष २०७७÷७८ मा १ करोड बजेटको आलुबारी भैंसी खर्क (खोला क्लि) सम्म पुग्ने नयाँ कृषि सडक समेत निर्माण सम्पन्न गर्नुभएको छ भने ताङतिङ बहुउद्देश्यीय कृषि फर्म निर्माण गर्नुका साथै क्रपु डाँडामा धर्म शाला निर्माणको काम पनि सम्पन्न भएको छ ।
यस कारण पनि ताङतिङका जनप्रिय जनप्रतिनिधि बनेको बताउनुहुन्छ । गुरुङले भन्नुभयाे,  ”जनताले फेरि मत दिएर जिताए ५ वर्षमा पुरा हुन नसकेको काम पुरा गर्ने गर्छु” ।

278919735 529457658894946 5145518094201853135 n 279283114 1463668344087522 9097579071563195962 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका