नेकपा एमालेको पोखरा २७ मा चुनावी सभा, लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याईन्छ:-थापा • Nepal's Trusted Digital Newspaperनेकपा एमालेको पोखरा २७ मा चुनावी सभा, लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याईन्छ:-थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमालेको पोखरा २७ मा चुनावी सभा, लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याईन्छ:-थापा

नेकपा एमालेको पोखरा २७ मा चुनावी सभा, लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याईन्छ:-थापा

  • समाचारपाटी
  • सोमवार, बैशाख १९, २०७९
नेकपा एमालेको पोखरा २७ मा चुनावी सभा, लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याईन्छ:-थापा

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख उपप्रमुख सहितका उम्मेदवार सहित नेकपा एमालेले पोखरा महानगरपालिकाको वडा नं. २७ मा आइतवार चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमाले पोखरा महानगरका प्रमुखका उम्मेदवार कृष्ण वहादुर थापाले निर्वाचनमा गरिएका प्रतिवद्धता अक्षरस पालन गर्ने बताउनुभयाे ।

थापाले व्यक्तिगत सुविधा र सुःखका लागि एमालेका उम्मेदवारले चुनाव नलडेको भन्दै, पाँच बर्ष पुरै समय खटेर जनताको काम गर्ने उल्लेख गर्नुभयाे । मेयरका प्रत्यासी थापाले प्रतिवद्धता पत्रमा साविक लेखनाथको विकासका लागि राम्रो योजना बनाईएको उल्लेख गर्दै, पोखरा र लेखनाथका जनताले अनुभूति गर्ने गरी काम हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयाे ।

उहाँले अघिल्लो चुनावमा काँग्रेसले जितेको वडा नं. २७ मा यसपटक सुर्यध्वजावाहक उम्मेदवारले विजयी हासिल गर्ने ठोकुवा गर्नुभयाे । वडा नंं २७ मा एमालेले जुझारु उम्मेदवार उठाएकाले पनि वडावासीले अत्याधिक मत दिने विश्वास व्यक्त गर्नुभयाे । उहाँले बजेट र राजनितिमा वडा नं. २७ कहिल्यै उपेक्षित नहुने पनि प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङ्गले अघिल्लो चुनावमा लेखनाथवासीले दिएको मतबाट बिजयी हासिल गरेको उल्लेख गर्दै, यसपटक विगतको अनुभवले अझ विकसित बनाउने गरी योजना ल्याएको उल्लेख गर्नुभयाे ।

गुरुङ समुदायको बस्ती रहेको रिठ्ठेपानीमा उच्च सोच रहेको उल्लेख गर्दै, सवल र सक्षम नेतृत्वका लागि मत दिन आग्रह गर्नुभयाे । वडावासीहरु कसैको दास नभएको उल्लेख गर्दै, आफ्नो विचारको मालिक आफै भएकाले मतदानको समयमा विवेक प्रयोग गर्न समेत आग्रह गर्नुभयाे ।

नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ्गले वडा नंं २७ को विजय यात्रा कसैले रोक्न नसक्ने उल्लेख गर्दै, प्रगतिशिल समूहको मतको सुरक्षा गर्न आग्रह गर्नुभयाे ।

नेकपा एमाले वडा नं. २७ का उम्मेदवार सुर्यमणि लामिछानेले वडाको विकासका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै, शिप र रोजगारको व्यवस्था, कृर्षिमा आधुनिकीकरण र मानविय संसाधनको विकासमा आफुले जोड दिने उल्लेख गर्नुभयाे । राजनीतिक आस्थाका आधारमा विकासको विभेद नगरिने उल्लेख गर्दै उम्मेदवार लामिछानेले काँग्रेसको पाँच बर्षे शासनमा विभेद भएको बताउनुभयाे ।

कार्यक्रममा कलाकार शिवहरि ढुंगानाले गित संगित प्रस्तुत गर्नुभएकाे थियाे भने वडा नं. २७ को अर्चले देखी शुरु भएको उम्मेदवार सहितको र्याली अर्घौवेसी, कालीगण्डकी, डाँडानाक, साविक नगरपालिका, तालचोक, डाँडाको नाक राजमार्ग, आवास नगर, अर्घौ चोक हुँदै रिठ्ठेपानीमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।

यसअघि विहान उम्मेदवारले अर्घौ अर्चलेमा घरदैलो गरेका थिए । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलबाट शुरु भएको घरदैलो कार्यक्रम अर्घौवेशीमा पुगेर समापन भएको थियो । यसपटक वडा नं. २७ मा जनताले परिवर्तन खोजेको घरदैलोको बेलामा प्रतिक्रिया पाएको चुनाव परिचालन कमिटीका संयोजक गणेशराज धमलाले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका