पोखरा । कास्कीको मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नेकपा एमाले प्रवेश गर्नुभएकाे छ । मादी ८
,का माओवादी वडा कमिटी अध्यक्ष होमबहादुर गुरुङ आइतबार एमाले प्रवेश गर्नुभएका हाे ।
उहाँलाई एमालेबाट मादी गाउँपालिका रहेका शिवबहादुर गुरुङ (महेन्द्र),उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङलगायत नेताले स्वागत गर्नुभएकाे थियाे ।
वडा कमिटी अध्यक्ष गुरुङसँगै मादीमा अन्य पार्टीमा सक्रिय १५ जना कार्यकर्ता एमाले प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिनुभयाे ।
नेपाली कांग्रेस छोडेर गुञ्जमान गुरुङ, नन्दलाल अधिकारी, कोपिला विक, दलबहादुर रिमाल, अृमत भुजेल, नमलाल अधिकारी, अमृत भुजेल, सन्जिव शाही, मिनबहादुर विक र माओवादी केन्द्रका सन्तोष शाहीलगायत एमाले प्रवेश गर्नुभएकाे हाे ।