पोखरा १८ मा २०४९ का जनप्रतिधी काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश • Nepal's Trusted Digital Newspaperपोखरा १८ मा २०४९ का जनप्रतिधी काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १८ मा २०४९ का जनप्रतिधी काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश

पोखरा १८ मा २०४९ का जनप्रतिधी काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश

  • समाचारपाटी
  • सोमवार, बैशाख १९, २०७९
पोखरा १८ मा २०४९ का जनप्रतिधी काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश

पोखरा । पोखरा महानगरपालिका १८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिनीधी र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गर्नुभएकाे छ ।

४९ सालकी जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीको जनप्रतिधीको उम्मेदवार भएर दलितको अधिकार र जताको अधिकार दिलाई दिनुपर्ने बताउनुभयाे । पोखरा १८ देउराली पाटनमा विकास निर्माण काम नभएको गुनासो गदै उहाँले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताउनुभयाे ।

नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापती गणेश तिमिल्सिना माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा लागेको भन्दै दुख पोख्नुभएकाे छ । आगामी दिनमा माओवादीमा नै रहने भन्दै वडामा रहनुभएका माओवादीका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राख्नुभयाे ।

उक्त प्रचार प्रसारलाई सम्बोधन गर्दै पोखरा १८ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको जानकारी दिनुभयाे । उहाँले माओवादी पार्टी नभइ जनताको साथी रहेको धारणा राख्नुभयाे । माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिन परेको उहाँले सुनाउनुभयाे ।

पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिनुभयाे । पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत १५ जनाले पार्टीमा प्रवेश गर्नुभएकाे छ ।

पोखरा १८ गोठादीका हेम बहादुरथापाले पनि पोखरा १८ मा माओवादीको जित सुनिश्चित रहेको बताउनुभएकाे  छ । पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिनुभएकाे छ ।

ज्यारजतीबाट सुरु भएको गोठादी, सिलङ्गाको बोट, शिव भङ्जाङ, वडा कार्यालय हरेडाडाँ, ढकालथर, पदेली हुँदै सौदाको चौतारामा पुगेर प्रचार प्रसारको कार्याक्रम समापन भएको थियो ।

pokhara 18 1 pokhara 18 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका